सर्लाही / सर्लाहीको चक्रघट्टमा गाउँपालिकामा कुटपिटबाट एक बृद्धाको ज्यान गएको छ । सोमबार चक्रघट्ट गाउँपालिका–२ भेल्ही निवासी अन्दाजी ७० वर्षीया सागर देवीको आफ्नै देवरको परिवारको कुटपिटबाट ज्यान गएको हो ।
जग्गाको विषयमा भएको विवादपछि सागर देवीमाथि देवर ६५ वर्षीय पुकार राय, उनका छोरा ४० वर्षीय जितु भनिने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनितादेवी रायले कुटपिट गरेका स्थानीयको भनाइ छ ।
घटनाको सूचना पाउना साथ प्रहरी टोलीले घटनास्थलबाट मुचुल्का तयार गरेर बृद्धाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएको छ । घटनामा संलग्नमध्ये देवर पुकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी विजयी यादवले जानकारी दिए । आरोपित जितेन्द्र र अनिता भने फरार रहेका छन् ।
फरार रहेका दुवैको खोजी भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविन पोखरेलले जानकारी दिए ।





