युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता | राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ |

बाजुरा / दलित अगुवाइ नेपाली काँग्रेस महासमिति सदस्य पुर्व संबिधान सभा सदस्य प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ बाजुराबाट पिछडिएको क्षेत्र र दलित कोटाबाट बन्द सुचिमा नाम सिफारिस भएका नेता महा नेपाली समानुपातिक साँसदमा सिफारिस हुनुमा केन्द्रबाट उपेक्षित भएका छन् ।

बाजुरा जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा न. ७ जन्म घर भएका नेपाली बाजुराको बिकास र बाजुरेलि जनताको हितका लागीे लामो समय देखि नेपाली काँग्रेको राननितिमा चम्किएका तारा हुन् । नेपाली काँग्रेसमा लामो समय देखि राजनिति गर्दै आएका महा नेपाली बाजुरेली जनता र दलितहरुको पक्षमा ओकलत गर्दै आएका छन् । पुर्व संविधान सभा सदस्य महाँ नेपालीले २०४६ सालबाट नेपाली काँग्रेस निकटको संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रामा सुभारम्भ गरेका थिए । २०५३ सालमा नेपाल विद्यार्थी संघ बाजुराको जिल्ला कार्य समिती सदस्य रहेर आफ्नो राजनीतिक यात्रा बलियो बनउदै २०५४ सालको स्थानीय निर्वाचनबाट आटिचौर गाविसको वडा नं.२ को निर्वाचित वडा अध्यक्ष,पनि भएका थिये २०५६ सालमा नेपाल तरुण दल बाजुराको जिल्ला कार्य समिति सदस्य, बनेका नपाली २०६३ सालमा नेपाली काँग्रेस बाजुराको जिल्ला कार्य समिति सदस्य रहेका थिए । २०६४ सालमा नेपाली काँग्रेसको समानुपातिक सांसद भई संविधान सभा सदस्य समेत बने २०६५ सालमा चितवन र झापा महाधिवेसनमा नेपाली काँग्रेस निकट नेपाल दलित संघका केन्द्रीय सदस्य बनेका नेता नेपाली काँग्रेसको १२ औँ महाधिवेसनमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी रहेका थिए भने १३ औँ महाधिवेसनमा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधी तथा महासमिती सदस्य बनेका थिए । २०६० सालमा साविकको आटिचौर गा.वि.स.को बुढाबाडामा रहेको मष्टा प्राथमिक विद्यालय स्थापना गरेका थिए । २०६२ सालमा जिल्ला विकास समितिमा बाजुरालाई पनि छुवाछुत मुक्त जिल्ला घोषणा गर्न पहल गरि उक्त कार्यमा सफल भएका थिए ।

दुर्गम जिल्ला बाजुरा जन्मेका महाँ नेपाली इमान्दार कर्मठ, निडर,र सक्षम नेतृत्व गर्ने नेताका मानिन्छ । नेपालीले बाजुरा जिल्लाका दलितहरुको हक अधिकार प्रप्तिका लागि ठुलो योगदान समेत दिएका छन् । नेपाली राजनीतिमा लामो समय देखि संर्घष गर्दै बाजुरा जिल्लाको बिकास र समृद्धीमा निरन्तर जनताको सेवामा कठीन् बद्ध हुदै आएको महा नेपालीले बताएका छन् । नेपाली कांग्रेसले जिल्लाबाट २७९७२ मत पाएका थिए । जिल्लाबाट जनताको बिश्वास जितेर जनमत समेत पाइसकेका नेपाली केन्द्रमा पहुँच नभएकै कारण समानुपातिक साँसदमा सिफारिस हुन् नसकेको बताएका छन् । नेपालीले भने महिला साँसदहरुको संख्या अनिवार्य ३३ प्रतिसत पुर्यानुपर्ने अर्को तर्फ हुने खाने बर्गहरुलाई नै पार्टीमा बिशेष स्थान दिने प्रवृति रहेको हुँदा आफु समानुपातिकमा सिफारिस हुन् नसकेको नेता नेपालीले बताएका छन् ।

उनले भने मलाई जनताले माया गरेकै हुन् । “तर केन्द्रमा म भन्दा अगाडी केही हुने खाने बर्गका नेताहरु भएका कारण म समानुपातिकमा पर्न सकेन । सिफारिस भएकाहरु पनि पहुँच भएकैहरु परेका छन् उनले भने” । पार्टीमा लामो त्याग तपस्या र संघर्ष संगै यस अघि जिल्ला पार्टीलाई जिताउनका लागी बिशेष भुमिका निर्वाह गर्दै आएका नेता नेपालीलाई जिल्ला तहकै नेताहरुको सहयोग नहँुनु र सिङ्गो पार्टीले नै अन्याय गरेको नेपालीका समर्थकहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।

म हिजो पनि बाजुरेली जनताको हक हितका लागि र बाजुरा जिल्लाको बिकासका लागि, मैले गरेको कामको बारेमा बाजुरेली जनतालाई अवगत नै छ । बिशेष गरेर दलितहरुका हक र समाजमा रहेको जातिय बिभेद लैङ्गीक हिंसा छुवाछुताको अन्त्य गर्ने उदेश्यका साथ म राजनितिमा लागेको पुनः पनि दलितहरुका हकका लागि मात्र नभई समग्र बाजुराको बिकास र परिवर्तनका लागि निडर रहेर काम गर्ने अझै चाहान ममा जगाएको नेपालीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर