धनगढी / कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा एक युवक मृत फेला परेका हुन्।
पुनर्वास नगरपालिका वडा नम्बर ११ का तुलसी कार्कीका ३८/४० वर्षीय छोरा हरि कार्की मृत फेला परेको स्थानीयले बताएका छन्। शुक्रबार बिहान स्थानीयले हरि कार्कीलाई मृत देखेपछि प्रहरीमा खबर गरेका थिए। प्रहरी घटना स्थलमा छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।





