प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते (बिहीबार) धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन्।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ। कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन्। उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषिउपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ। आगामी पुस २ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव अवधिमा झण्डै दश करोडको कारोबार हुने सङ्घले जनाएको छ।





