युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

डडेल्धुरा / डडेल्धुराका उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् । प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले २ लाख ३० हजार मञ्च व्यवस्थापन तथा अन्यमा ७ लाख १५ हजार ५ सय निर्वाचनमा खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन । यस्तै प्रतिनिधि सभातर्फ क्रमशः नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९०, राप्रपा उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च विबरण बुझाएका छन् । यस्तै, दुई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फका ८ जना उम्मेदवारले पनि निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन् ।

हरेक राजनीतिक दलबाट बन्द सूचीमा रहेका समानुपातिक उम्मेदवारमध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा बुझाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर