काठमाडौं / नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो ।
स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई पराजित गरेको थियो । नेपाल स्कटल्याण्डको त्यो लयलाई रोक्न चाहन्छ ।
टिममा रहेका १४ मध्ये पहिलो खेलमा करण केसी, हरिशंकर शाह र नन्दन यादव बेन्चमा थिए । दोस्रो खेल कन्डिसन अनुसार नेपाली टिममा परिवर्तन हुन सक्छ । यस्तै ब्याटिङ अर्डरमा पनि परिवर्तन हुने सम्भावना छ ।





