युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवालाई वार्तामा बोलाएको स्थानीय प्रशासन शुक्रबार पछि हटेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रदर्शनकारीलाई औपचारिक वार्ताको लागि आह्वान गरेको थियो ।

बारा प्रशासनले बिहीबार भने प्रशासनले गर्नु पर्ने कार्य गरिरहेकाले औपचारिक वार्ता गरिरहन आवश्यक नरहेको जनाएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत पक्षका मुख्य माग पूरा भइसकेकोले अब औपचारिक वार्ताको आवश्यकता नरहेको बताए । ‘छलफलका लागि जिल्ला प्रशासनको ढोका सबैका लागि सधैं खुल्ला छ,’ प्रजिअ मिश्रले भने ।

औपचारिक वार्ता गर्नुपर्ने कुनै विषय नरहेको निष्कर्षमा बारा प्रशासन पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए । ‘हामीले आफ्नो काम गरिरहेका छौं । जाहेरी परेका मानिस पक्राउ गरिरहेका छौं,’ एसपी तामाङले भने, ‘वार्तामा बस्नु पर्ने गरी अन्य माग छैनन् ।’

एमाले–जेनजी आमने-सामने हुँदा त्रासमा सिमरावासी

बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि बारा अशान्त छ । कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधबार र बिहीबार दिनभर नै वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर