युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बाजुरा/ हिमाली गाउँपालिका ६ धिममा मुचुल्का भन्दा ३० मत बढी आएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बडिमालिका खबरलाइ वताएका छन् ।कर्मचारीले खसेको मतको मुचुल्का भन्दा ३० मत बढी खसेको पाईएको हो, बाहिर हल्ला गरेको जस्तो ४० मत नभएको पौडेलले वताएका छन् ।

मुचुल्का भन्दा ३० मत बढी आएको भन्दै नेकपा एमाले बाजुराले मतगणना स्थगित गर्न माग गरेको थियो । प्रतिनिधि सभाको बिहान भएको स्थगित मतगणना अझै शुरु हुन सकेको छैन् । मुख्य निर्वाचन अधिकृत पौडेलले भने मतगणना गर्नका लागि छलफल भइरहेको वताए ।

पहिलो चरणमा हामी छलफल गर्ने छौ, सहमति नभए कानुन अनुसार मतगणना अघि बढने वताए । उता बुढिगंगा ३ मा भने मुचुल्का भन्दा बढी ९८ मत नआएको वताएका छन् । मतदान केन्द्र बाट मुचुल्कामा सहि आएको तर मुख्य निर्वाचन अधिकृतको कार्यलयमा कम्पुटरमा इन्ट्रि गर्दा गल्ति भएको पौडेलले वताए ।

मुचुल्कामा ३ सय ५० रहेको थियो, तर यहाँ कर्मचारीले कम्पुटरमा इन्ट्रि गर्दा २ सय ५० भएको वताए । यसमा कम्पुटरमा इन्ट्रि गर्दा गलत भएको वताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर