युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

यमन – यमनको अबयान प्रान्तनजिक अफ्रिकी शरणार्थी तथा आप्रवासी चढेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। ७४ जना अझै बेपत्ता छन्।

संयुक्त राष्ट्रसंघको आप्रवासन सम्बन्धी संस्था आईओएमका अनुसार डुंगामा १५४ जना इथियोपियाली नागरिक सवार थिए। आईओएम यमनका प्रमुख अब्दुसत्तोर एसोएभले १२ जनाको जीवितै उद्धार गरेको समाचार एजेन्सी एपीलाई जानकारी दिएका छन्।

मृतकमध्ये ५४ जनाको शव खानफार जिल्लामा भेटिएका र बाँकी १४ जनाको शव अन्य स्थानमा फेला परेको उनले बताए। स्थानीय अधिकारी अब्दुल कादिर बजमिलका अनुसार मृतकहरूको शव यमनको शक्रा नजिक गाड्ने तयारी भइरहेको छ। प्रतिकूल परिस्थितिमा खोजी कार्य जारी छ।

यमन र अफ्रिकाको हर्न क्षेत्रबीचको जलमार्ग शरणार्थी तथा आप्रवासीहरूको लागि जोखिमपूर्ण यात्रा मार्ग हो। गृहयुद्धपछि यमन छोड्नेहरूको संख्या बढेपछि यो मार्ग झनै व्यस्त भएको हो। आईओएमका अनुसार सन् २०२४ मा यमनको खाडी क्षेत्र हुँदै ६० हजार भन्दा बढी शरणार्थी बाहिरिएका छन्। यो मार्गमा सोही वर्ष डुंगा दुर्घटनामा ५५८ जनाको मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर