युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । उनका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका छन् ।

त्यस्तै पोलिटब्युरो बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गरेका हुन् ।

१९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ ।

जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव-१, उपाध्यक्ष-५ र सचिव- ७ जना प्रस्ताव गरिएको छ ।

केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । पोलिटब्युरो अब ८३ सदस्यमा झारिनेछ ।

सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने प्रस्ताव पारित गरिएको छ । ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर