युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

सनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट ब्यान्डको अवार्ड कुम: सागर एन्ड द ख्वपले प्राप्त गरेको छ ।

कुम: सागर पछिल्लो समय युवापुस्ताका लोकप्रिय गायक हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आज आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ ।

संगीतको कुनै पनि औपचारिक शिक्षा नलिएका कुमः सागर असलमा ‘म्युजिक डिजाइन’ गर्ने गायक हुन्, जो युवापंक्तिका प्रिय गायक–अवतारका रूपमा चिनिन्छन् । उनका गीत सुन्दा पश्चिमा जस्तो पनि लाग्छन्, लोकजस्तो पनि । र, सुन्दै जाँदा रक, पप र भजनजस्तो पनि । उनका गीतमा यी सबैको फ्युजन भेटिन्छ ।

कुमःको ‘द ख्वपः ब्यान्ड’ केवल भक्तपुरको होइन, देशकै सान बनेको छ । मुलुकभित्र होस् वा विदेशमा, जताततै कुमः र उनको ब्यान्डको माग छ । गीत–संगीतका जानकारहरू कुमःका गीतले लामो अन्तरालपछि नेपाली संगीतमा नयाँपन ल्याएको दाबी गर्छन् । त्यही भएर नै कुमःका सिर्जनालाई संगीतप्रेमीले हृदयदेखि स्वागत गरेको र हौसलाको हातले धाप मारिरहेको उनीहरूको ठम्याइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर