युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा डेंगी संक्रमण फैलिएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सुदूरपश्चिममा हालसम्म १८४ जनामा डेंगी संक्रमण देखिएको छ ।

ईडीसीडीको पछिल्लो तथ्याङ्कअनुसार, मुलुकभर हालसम्म ७३ जिल्लामा डेंगी फैलिइसकेको छ । रसुवा, मनाङ, हुम्ला र डोल्पा बाहेक बाँकी सबै जिल्लामा संक्रमण देखिएको हो । सुदूरपश्चिम प्रदेशमा भने सबै जिल्लामा संक्रमण फैलिइसकेको छ भन्ने अवस्था देखिएको छ, जुन चिन्ताजनक अवस्था हो ।

काठमाडौंमा सबैभन्दा धेरै संक्रमित

देशभर २०७८ सालको जनवरीयता डेंगी संक्रमितको संख्या १,४०३ पुगेको छ । काठमाडौंमा मात्र १५६ जनामा डेंगी पुष्टि भएको छ भने बागमती प्रदेशमा सबैभन्दा बढी ३७१ संक्रमित देखिएका छन् । कोशीमा २९९, गण्डकीमा २५१, लुम्बिनीमा २४५, कर्णालीमा ३२ र मधेशमा २१ जना संक्रमित भेटिएका छन् ।

विशेषज्ञहरूका अनुसार एडिस जातको लामखुट्टेबाट फैलिने डेंगी सफा र थोरै जमेको पानीमा हुर्कने भएकाले स्थानीय स्तरमै सरसफाइमा ध्यान दिनुपर्ने अवस्था छ । डेंगी फोकल पर्सन गोर्कण दाहालका अनुसार सबै स्थानीय तहमा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न पत्राचार भइसकेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सहरी क्षेत्रमा धेरै मानिसहरू डेंगीको लक्षण देखिँदा पनि परीक्षण नगरी घरमै सिटामोल खाएर बस्ने प्रवृत्ति रहेको छ, जसले रोग जटिल अवस्थामा पुग्ने जोखिम बढाउँछ ।

डेंगीका लक्षणमा उच्च ज्वरो, टाउको र आँखाको गेडी दुख्ने, हाडजोर्नी दुख्ने, बान्ता हुने, सास फेर्न गाह्रो हुने, नाक–गिजाबाट रगत बग्ने आदि लक्षण देखा परे तत्काल अस्पताल जानु जरूरी रहेको चिकित्सकहरूले सुझाव दिएका छन् ।

ईडीसीडीले चालु आर्थिक वर्षमा डेंगी नियन्त्रणका लागि करिब ८ करोड रुपैयाँ विनियोजन गरेको छ भने ७५ हजार परीक्षण किट वितरण गरिसकेको छ । तर, सरकारले मात्र डेंगी नियन्त्रण गर्न नसक्ने भन्दै स्थानीय तह, टोल विकास समिति, क्लब, र सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर