बाजुराः बर्षातका कारण आएको बाढिले बगाउँदा बेपत्ता गौमुल गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ४५ बर्षिय धनबहादुर बोहरा मृत फेला परेका छन् ।
निवर्तमान वडा सदस्य समेत रहेका बोहरा पानी घट्टका लागी जातो तान्ने क्रममा गेरेनी खोलामा बर्षातका कारण आएको बाढिले बगाएर हिजो बेपत्ता भएका थिए ।वेपत्ता बोहरा आज विहान करिब ७ः२५ बजे आगरमा अड्किएकाे अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिएका छन् ।
बोहराको स्थानीय र सुरक्षाकर्मीहरू द्धारा हिजो देखि नै खोजी कार्य जारी रहेको थियो ।जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बाेहराले हामी घटनास्थलतिर हिडिरहेकाे र विस्तृत जानकारी केहि छिनमा आउँने बताए ।





