युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

चितवन – नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल नबन्ने भएको छ । भासिएको क्षेत्र मर्मतका लागि चालू आर्थिक वर्षमा बजेटको अभाव भएको छ । त्यस क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ ।

गएको असोजमा १०, ११ र १२ को अविरल वर्षापछि २६ किलोमा सडक भासिएको थियो । त्यस क्षेत्रको ८५ मिटर लम्बाइ र ३ दशमलव ५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ ।

अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो । १८ देखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

त्यसैअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेश गरिएको छ । गएको माघमा नै डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताको लागि पेश गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसक्ने भएको हो ।

भासिएको भाग मर्मत गर्न ३२ करोड रुपैयाँ लाग्ने अनुमान छ । अहिले सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामको काम गरिएको छ ।

यो सडक हुँदै राजधानी काठमाण्डौसहित पोखरातर्फ दैनिक १० हजारभन्दा धेरैको सङ्ख्यामा गाडी चल्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर