बाजुरा / बडिमालिका नगर पालिका वडा नं ६ काेर्घको वडा कार्यलयको भबन निर्माण अन्तिम चरणमा पुगेको छ । वडा कार्यलय भबन टिनको छाना त्यसैमाथि एउटै कोठामा कामकाज गर्न जनप्रतिनिधि , कर्मचारी र सेवाग्राही लाई असहज भईरहेको थियो ।वडा कार्यलय ब्यबस्थित नहुदा २०८१ पौष देखि मोतिनन्दा कन्ट्कसन एण्ड अर्डर सप्लायर्सले नियमित रुपमा कामकाज सुरु गरेको थियोे । २०७४ सालमा कला बडुवाल वडा अध्यक्ष सहित सिङ्गो टिम नेपाली काङ्ग्रेसले जितेको थियो तर २०७९ को चुनाबमा भने कृष्ण खड्का वडा अध्यक्ष सहित सिङ्गो प्यानल नै नेकपा एमालेले जितेको छ । खड्का निर्वाचित भइसके पछि वडामा धेरै उदाहरणीय काम भई रहेको त्यहाँका स्थानीयले बताउने गरेका छन । बिद्धुतमा नियमितता, एक घर एक धारा अभियान सञ्चालनमा , सिचाइका नहरहरु निर्माण , सडक १२ महिना नै वडा कार्यलय सम्म सञ्चालन , वडामा नेटवर्क जडान , सहरी स्वास्थ्यको आफ्नै भवन निर्माण , खेलमैदान निर्माण , जडाङ्गामा सञ्चालनमा रहेको माबि +2 सम्म सञ्चालन र कोर्धको निमावि मावि सम्म पठनपाठन उनकै कार्यकालमा हुनु वडा अध्यक्ष खड्काका सबल र सफल पक्ष हुन । चुनाव भएको करिब आधा कार्यकाल बितिसक्दा उनलेे जनताको कामकाजलाई प्राथमिकतामा राखेर जनताको मनमा बस्न सफल भएका छन । असार देखि वडा कार्यलयको भवन निर्माण सम्पन्न भएर आफ्नै प्रशासनिक भवनबाट कामकाज गरिने गरि लागि परेको ठेकदार पुष्पराज जोशीले बताएका छन । ब्यबस्थित भबन नहुदा सेवाग्राही हरुले भित्र उभिने समेत ठाउँ नहुदा छाता ओडेर कार्यलय बाहिर बसिरहनु , नेटवर्कले काम नगर्दा २-३ दिन कुर्नुपर्ने, कोठा सानो हुदा कागज पत्र र सामाग्री ब्यबस्थित गर्न नसकेको लगायतका धेरै समस्या बाट सहजता हुने वडा सचिव अम्मर बडुवालले बताएका छन । शक्तिपिठका रुपमा चिनिने बडिमालिकाको पाउमा रहेको यस वडा भित्र विभिन्न मनमोहक पाटनहरु , सुन्दर बिरेखोला झरना , छेउमा सुन्दर बुढीगङ्गा नदि यहाँका प्रमुख आकर्षक हुन ।





