युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

काठमाडौं / नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ ।

विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो । यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्यले यो सफलता दिलाएका हुन् ।

एल्लो ग्रुपमा रहेको टीटूकेले समूहमा रहेका १६ टिममध्ये तेस्रो हुँदै फाइनल चरणमा प्रवेश पाएको हो । जापानको आरसी टिमसँग समान २१४ अंक रहे पनि प्रदर्शनका आधारमा टीटूके भाग्यमानी बनेको हो । यो समूहबाट मलेसियाको गीक टिम २९२ अंक र मलेसियाको फोर एएमले २३१ अंकका साथ क्रमसः शीर्ष र दोस्रो स्थानमा रहेर फाइनल चरणका लागि छनोट भएका हुन् ।

तेस्रो संस्करणको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा पहिलोपल्ट नेपालबाट तीन टिम छनोट भएका हुन् । यसअघि नेपालको डीआरएसले मात्र खेलेको थियो । डीआरएस समूह रेडमा छैटौं स्थानमा रहेर सर्भाइभल चरणका लागि छनोट भएको छ । अर्को नेपाली टिम स्काईलाइट्ज समूह ग्रीनमा रहेर नवौं हुँदै सर्भाइभल चरणका लागि छनोट भएको छ ।

समूह चरण र सर्भाइभल चरणका खेलहरु मलेसियामा भइरहेको छ । तीन समूहमा शीर्ष चारदेखि एघारौं स्थानमा रहेका टिमबीच सर्भाइभल चरणमा प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धा मंगलबारदेखि चार दिनसम्म चल्नेछ ।

सर्भाइभल चरणमा पुगेका २४ टिममध्ये १६ टिमले अन्तिम अवसर चरणमा प्रवेश पाउनेछन् । बाँकी ८ टिम बाहिरिनेछन् । अन्तिम चरणमा १६ टिमबीच प्रतिस्पर्धा गरी पाँच टिमले फाइनल चरणमा प्रवेशका लागि अर्को अवसर पाउनेछन् ।

फाइनल चरणका लागि तीन समूहबाट शीर्ष तीन गरी ९ टिम र सिधै आमन्त्रण गरिएका दुई टिम छन् । बाँकी पाँच टिमको टुंगो लाग्न बाँकी छ । फाइनल चरणका खेलहरु इण्डोनेसियाको जाकार्तामा सन् २०२३ को ३ र ४ जनवरीमा सन्चालन हुनेछ ।

समूह चरणमा कुल पुरस्कार राशी २ लाख ५० हजार डलर रहेको छ । समूहको स्पर्धामा तेस्रो भएको टीटूकेले ८० हजार अमेरिकी डलर पुरस्कार पाउने निश्चित भइसकेको छ । फाइनल चरणमा उसको प्रतिस्पर्धाका आधारमा पुरस्कार बढ्दै जानेछ । फाइनल चरणको नतिजाका लागि मात्र १ लाख ५० हजार अमेरिकी डलर कुल पुरस्कार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर