बाजुरा / बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ५० करोड ३९ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ ।
सोमबार सम्पन्न १५ औं अधिवेशन तथा दोस्रो नगरसभाबाट सो बजेट सार्वजनिक गरेको हो । ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।
साेमबार सम्पन्न भएको दोस्रो नगर सभाको १५ औं अधिवेशन पश्चात नगरपालिकाले पत्रकार सम्मेलन मार्फत आगामी वर्षको बजेट प्रस्तुत गरेको हो ।





