धनगढी / प्रतिनिधि सभामा डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकटतम प्रतिस्पर्धी बनेका सागर ढकालले डडेल्धुराका जनतालाई गाली नगर्न आग्रह गरेका छन्। आइतबार सामाजिक संजालमाफर्त उनले यस्तो आग्रह गरेका हुन्।
यस्तो छ उनको आग्रहसहितको स्टाटस
खासमा डडेल्धुराका जनतालाई गालि किन ? अलि विस्तृतमा राखे है । जितेर हार्नु भन्दा हारेर जित्न उचित ठाने। स्वच्छ प्रतिस्पर्धा गरे । १३,००० मत पनि पाए। मेरो करिब ६/७ हजार मत रातारात सागर गुल्मी गैसक्यो भन्ने भ्रम फिजाएर लगिएको मत हो। सागर गुल्मीको मात्र पनि होइन डडेल्धराकै पनि थियो, हो र भैसक्यो र नेपाल आमाको सच्चा छोरो हो।
आज भ्रम पनि चिर्छु। मेरो आफ्नै दिदिको बिहे ६ वर्ष अगाडि डडेल्धुराको अजयमेरु गाउँपालिकाको वडा न २ को काजी भट्टसंग भएको हो। डडेल्धुरामा मेरा नातापाता हजारौं हुनुहुन्छ। तर म आफै नातापा, आफन्तको राजनिती गर्न हुँदैन भन्ने सोचेर आफ्नो आफन्तसंग भेटघाट पनि गरिन। मलाई यहाँका ठुला ठालाले भ्रमको राजनिती गरि रहँदा, मेरा आफन्तहरुले डडेल्धुराको सालो हो भनेर थाहा देउ भनेर दबाब पनि दिनुभयो। तर अबको राजनिती नितान्त एजेन्डा, क्षमता र दक्षता को हुनुपर्छ भनेर मैले त्यसो गरिन। गणितीय जित मात्र जित हैन , केही जित त्यो भन्दा माथी हुन्छ। जितेर हार्न भन्दा , हारेर जित्न ठिक ठाने।





