बाजुरा– नेकपा माओवादी केन्द्र बाजुराले पनि प्रदेश र प्रतिनिधी सभा प्रस्तावित उम्मेद्वारहरुको टुङ्गो लगाएको छ । नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधी सभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्वारहरुको टुङ्गो लगाएर केन्द्र पठाएको हो । भाद्र २८ गते बसेको जिल्ला कमिटीको बैठकले उम्मेद्वारहरुको टुङ्गो लगाएको वाइसियल केन्द्रीय सचिवालय सदस्य एबम् बाजुरा इञ्चार्ज निर्मला बिष्टले बताएकी छन ।
जसमा प्रत्यक्ष तर्फ प्रतिनिधी सभाका लागि कर्ण बहादुर बि.क. केशवको एकल नाम सिफारिस भएको छ भने प्रतिनिधी सभाका लागि समानुपातिक तर्फ ५ जनाको प्रस्तावित नाम सहित सिफारिस भएको छ । प्रतिनिधी सभाका लागि महिलाबाट कोमल कुमारी शाह, खस आर्यबाट महेश शाही, दलिताबाट मन बहादुर बि.क., पिछडीएको क्षेत्रबाट निर्मला बिष्ट र जनजातीबाट सु्क थापा भोटे सिफारिस भएका छन ।
त्यस्तै क्षेत्र (क) बाट प्रत्यक्ष तर्फ सुरेश बहादुर रोकायाको एकल नाम सिफारिस भएको छ । क्षेत्र (क) बाट तिन जनाको नाम सिफारिस भएको छ । जसमा दलितबाट रमेशराज बि.क. घाइते अपाङ्गबाट संजय कट्टेल र महिलाबाट तारा देवि गीरीको प्रस्तावित नाम सहित सिफारिस भएको छ ।
निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्ष तफबाट देविचन्द्र बुढाको एकल प्रस्तावित नाम सिफारिस भएको छ भने समानुपातिक तर्फबाट ५ जनाको नाम सिफारिस भएको छ । जसमा खस आर्यबाट दीपक डि.सी., दलितबाट चन्द्र सुनार, महिलाबाट मना देबि जैशी, पिछडीएको क्षेत्रबाट तेज बहादुर शाही र घाइते अपाङ्गबाट प्रकास बि.क.को प्रस्तावित नाम केन्द्रमा पठाइएको छ ।
यता पाँच दलिय गठबन्दनका लागि भने केन्द्रीय निर्देशन अनुसार अगाडी बढ्ने बाजुरा इञ्चार्ज निर्मला बिष्टले बताएकी छन । केन्द्रको निर्देशन अनुसार जिल्लाबाट सिफारिस भएकाहरु मध्ये प्रदेश सभामा ३ जना मध्ये १ जनाले अनिवपार्य टिकट पाउनु पर्ने दावी रहने सह इञ्चार्ज महेश शाहीले बताएका छन । बाजुराबाट एक जनाको अनिवार्य गठबन्दनको तर्फबाट नाम अनिवार्य हुनु पर्ने माओवादी केन्द्र बाजुराको बैठकले निर्णय पारित गरेको छ ।
नाम सिपफारिसकाे सूचि यस प्रकार छ ।






