महेन्द्रनगर / कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी भएको प्रहरीले बताएको हो ।
आगलागीबाट जलेर ७० वर्षीया मनसरादेवी सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।





