युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा/ बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारमा बैसाख २२ गते देखी ३१ गते सम्म बिधुत सेवा अवरुद्ध हुने भएको छ  बजार क्षेत्रमा पुरानो तारलाई बिस्तापित गरी नयाँ तारलाईन बिस्तार गर्ने भएका कारण बिधुत अबरोध हुने भएको हो ।

पुरानो नाङ्गो तार हटाएर नयाँ कभर सहितको तार जडान गर्ने भएकोले बिधुत अबरोध हुने नेपाल बिधुत प्राधीकरण बाजुरा बितरण केन्द्रले जनाएको छ । अबरोध हुने क्षेत्रमा बिहान ६ बजेदेखी साझँ ६ बजेसम्म बिधुत सेवा अवरोध हुने प्राधिकरणले जनाएको छ ।

नेपाल बिधुत प्राधिकरण बाजुरा शाखाले सार्बजनिक सुचना जारी गर्दै समय तालिका सहित सार्बजनिक गरेको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर