युनिकोड    राशिफल    एफएम रेडियाे                        

युवराज बडुवाल /बाजुराको बुढीनन्दा नगरपालिका पनि सभ्य समाजको पहिचान :लैङ्गकि हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ शुक्रवार बाट लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान सुभारम्भ गरिएको छ ।

बुढीनन्दा नगरपालिकाले काेल्टी बजारमा र्याली सहित कार्यक्रमको आयोजना गरिएको बजार परीक्रमा गरेकाे नगर प्रमुख जनक बाेहाेराले बताएका
छन् । अभियान सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख बाहाेराले भने  विभिन्न प्रकृतीका महिला हिंसा, बाल बिबाह, बहुबिबाह, छुवाछुत लगाएका हिंसाहरु हुन सक्छन त्यस्ता प्रकृतिका हिंसाहरु हुन नदिन आम नागरिक सचेत हुनुपर्ने ।समाजमा हुने गरेका महिला हिंसा सम्बन्धीका विभिन्न घटनाहरुको न्यूनिकरणमा विभिन्न संघ संस्था नागरिक समाज, सञ्चार क्षेत्र लगाएत सबैको सहयोग आवश्यक रहने समेत बताएका छन् ।

लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अंगे्रजी महिनाको नोभेम्बर २५ अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसबाट शुरु गरी डिसेम्बर १० अन्तराष्ट्रिय मानवअधिकार दिवस सम्म अभियान सञ्चालन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर