युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले करार सेवामा कर्मचारीहरु माग गरेको छ ।

अस्तपालले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा कर्मचारी माग गर्दै बिहीबार सूचना जारी गरेको छ । विभिन्न विधामा गरी ६ जना विशेषज्ञ डाक्टर माग गरिएको छ । मेडिकल अधिकृत केही भनिएको छ र संख्या तोकिएको छैन ।

साथै अस्पतालको सिटी क्याक्यान मेसिन सञ्चालनका लागि भन्दै २ जना रेडियोग्राफी अधिकृतको पनि माग अस्पतालले गरेको छ ।

विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतका लागि १५ दिनभित्र र रेडियोग्राफी अधिकृतका लागि ७ दिनभित्र आवेदन दिन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर