युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा : जिल्ला अस्पताल बाजुराबाट शुक्रबार एक गर्भवती महिलाको एन ए ०६६ नम्बरको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
अस्पतालमा सुत्केरी हुन गएकी महिलाको अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले  जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार गर्भवती महिलाको मुटुमा समस्या भएको र जिल्लामा अप्रेशन गरेर सुत्केरी गराउदा समस्या हुने भएकाले रिफर गरिएको बताए ।
हेलिकप्टर मार्फत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारलाई हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।
जिल्ला अस्पताल बाजुराबाट गर्भवती महिलाको अवस्था जटिल भएको पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालयमा पहल गरेर राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले  बताएका छन् ।
जिल्लामा हरेक महिनामा गर्भवती तथा सुत्केरी महिलाको जिल्लामा उपचार सम्भव नभएर जिल्ला बाहिर सेनाको हेलिकप्टर मार्फत उद्धार हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर