युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका १९ सदस्यीय मन्त्रिमण्डलका १३ जनाले मात्रै टिकट पाएर चुनावी मैदानमा थिए । अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भइसकेका छन् ।

यस्तै नेपाली कांग्रेसका नेता एवम् उद्योग मन्त्री दिलेन्द्रप्रसाद बड् दार्चुलाबाट निर्वाचित भइसकेका छन् । माओवादीका नेता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल बाग्लुङ–२ बाट र एकीकृत समाजवादीका नेता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित भइसकेका छन् ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–३ बाट, अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्की सुनसरी ४ बाट , परराष्ट्र मन्त्री नारायण खड्का उदयपुर–१ बाट र सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ १ बाट अग्रता लिइरहेका छन् । खानेपानी मन्त्री उमाकान्त चौधरी बारा १ बाट र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज पराजयको नजिक पुगेका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, भूमि व्यवस्था सहरी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले टिकट पाएनन् । टिकट पाएका दुई मन्त्री पराजित भइसकेका छन् । पराजित हुने मन्त्रीमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र संस्कृति र पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराज श्रेष्ठ पराजित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर