युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ९ का ५९ बर्षिया पुरन सेराला प्रधान भालुको आक्रमणमा परी शक्त घाइते भएका छन ।
मंगलबार दिउसो करिव पौने ३ बजेको समयमा गाँउ नजिकै रहेको सिमका धारा भन्ने ठाँउमा उनलाई भालुृले आक्रमण गरेको हो । उनि गाइ गोरु चराउन गाँउको नजिकै रहेको सामान्य झाडीमा गडएका थिए ।

भालुको आक्रमणमा परी शक्त घाइते भएका सेुरालाको टाउको, पेट, खुट्टा र हातको पाखुरामा भालुले आक्रमण गरी शक्त घाइते बनाएको स्थानिय कृष्ण सेरालाले जानकारी दिानु भएको छ ।
घाइते सेरालाको अहिले बयालपाटा अस्पतालमा उपचार भैरहेको छ । उपचाररत सेरालाको सबै भन्दा बढी आक्रमण खुट्टामा धेरै नै चोट पुर्याएकोले खुट्टाको अप्रेशन हुने वा नहुने कुरामा थप उपचार पछि भन्न सकिने अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर