युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले महोत्सवमा भेटिएको नक्कली टिकटको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दर्ता गराएको छ।संघका अध्यक्ष कल्याणसिंह बोहराको नेतृत्वमा जिप्रका पुगेको टोलीले  ११ जना पदाधिकारीको हस्ताक्षरसहित संघका सचिव दिलिपकुमार साउँद  र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महरा विरुद्ध किटानी जाहेरी दर्ता गरेको हो।महोत्सवमा टिकट वितरकको जिम्मेवारी सचिव साउँदलाई थियो भने स्ववियु सभापति महराले टिकट बिक्रीको जिम्मा पाएका थिए। अत्तरियामा पुष २६ गतेदेखि माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद गरिएको थियो।

दिनेश खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर