बाजुरा खबर , बाजुरा । साच्चै नै माया पाउनुमा मात्र छैन , गुमाउनुमा पनि छ । कसैले पाएकालाई पनि कदर गर्दैनन , कसैले चाहेर पनि पाउन सक्दैनन। खै कस्तो माया बस्यो तिमीसगँ नत पाउन सक्छु न गुमाउन नै । थाहा छ मलाई तिम्रो रोजाई भित्र पर्दिन म । करिब ४ महिना अगाडि भेट भएको थियो हाम्रो, सामाजिक संजालमा । पहिलो दिन साधारण बोलचालमा नै कुरा टुङ्गिएको थियो । केहीदिनपछि राम्रै बोलचाल हुन थालेको थियो । कुरै कुरामा तिमी मलाई जिस्काउने गर्न थालेका थियौ । नजीक हुन खोजेका थियौ । आजसम्म कसैले फुट्या आँखालेसम्म पनि हेर्दैनन मलाई तिमीले हेर्यौ भन्थियौ ।
म नि हाँसै हाँसोमा भनिदिन्थे होला खुब दिलमा सजिएका कति होलान तिम्रा । तिमि रिसाउथियौ । म सरी भन्दै म नजिक हुन खोज्थे । कहिले म रिसाउथे र तिमीले मलाई सम्झाउँथियौ । कहिले तिमी रिसाउथियौ म फकाउथे । दिनहरु बित्दै गइहेका थिए । मलाई तिम्रो बारेमा धेरै कुरा थाहा थिएन । तिम्लाइ पनि मेरो बारेमा पनि धेरै कुरा थाहा थिएन बुझेर पनि नबुझे झै गर्नि अनि झुटा आसवासन बाड्न खप्पिस मान्छे रहेछौं तिमी ।
म भने भित्रभित्र मन पराउथे , बोल्न चाहान्थे तर अनलाइन भएर पनि तिम्रो एउटा संन्देशसमेत नआउदा मलाई दिक्क लाग्थ्यो । तिमिलाई खबर सोध्नेसम्म पनि फुर्सद मिल्दैन थियो । धेरै व्यस्त हुन थालेका थियौ तिमी । म भने तिम्रो बिद्युतीय सन्देश कुरेर बसिरहेको हुन्थे । तिमीलाई कुनै मतलब सम्म हुन छाडेको थियो । कति बिन्ती बिसाउनु ,कति रुनु , कता गुनासो गर्नुको अबस्थामा पुगेको थिए ।
कसैले माया प्रेममा कोहि छ भने भन्दापनि मन ढुक्क हुने अवस्था सिर्जना भएको थियो । म तिमी बिना बाँच्नै नसक्दिन जस्तो भएको थिए , यस्तै आभास मनमा भएको थियो । तिमी बोल्न छोडेपनि मसगँ तिमीसँग नबोल्ने हिम्मत नै छैन । मेरो सर्वस्व हौ तिमी । भनिदेउ न कान्छू अब हामी कसरी छुटोै ? राम्रोसँग बोली देउन । म तिमी बिना खुसि छैन । तिमिले मतलब गर्न छोडेको दिनदेखि म बेहाल छु । मलाई बुझिदेउन प्यारो मान्छे ।





