युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा खबर , बाजुरा –  बिहान तीन बजे उठेर खाना बनाएर टिफिनमा प्याक गरे । हतार हतार कपडा लगाएर बाहिर निस्किए। बाहिर निस्किएको केही मिनेटमा नै बस आयो। मलाई समयमा कम्पनी पुग्नु थियो । पाँच बजिसकेको थियो । कम्पनीमा पुगेर चिरपरिचित कामदारहरुसँगै काम गर्न थाले । काममा बिस्तारै तल्लीन हुन थाले । घाम चर्को लागिरहेको थियो । बिहानै पकाएर लगेको खाना गनाउन थालेको थियो ।

कामको चाप झन बढिरहेको थियो । मलाई घरको दयनीय अबस्थाको याद आइरहेको थियो । `महङ्गी वढिरहेको छ ,काँही कतैबाट पैसा आइरहेको छैन ,साहुँ कराउँछन , आमा रोइरहनु हुन्छ ।´फोनमा बैनीले रुदै भनेको याद आइरहेको थियो ।आमाको पनि खुव याद आएको थियो । खानामा हस्को आइसकेको थियो ।गनाउन थालेको खाना पनि आफ्नो विवशता सम्झेर मिठो मानेर खाए । कामबाट केही मिनेटको छुटी मिल्यो । आमाले कल गर्नु भएको रहेछ । मैले फोन फर्काए र आमासँग बोल्न थाले । `आमा नमस्कार !´ `भाग्यमानी हुनु छोरी ।´ ` सन्चै हुनुहुन्छ आमा ? ´

`मत ठिक छु तर तेरो बहिनी बिरामी छे पैसा पनि छैन। लौ न छोरी केही गरिदे ,तेरै बैनी हो क्यारे ।´ ` तपाईं पिर नगर्नुस आमा शहर लगेर उपचार गराउनु । भोलि तलब आउँछ आइएमी गरिदिन्छु ।´ आमाले फोन राख्नु भयो । मैले आमालाई ढाटेको थिए । मेरो तलब आउन अझै एक हप्ता बाँकी थियो। साथीसगँ मागेर केही रकम पठाए । आमाले बैनीलाइ शहरमा लगेर उपचार गराउनु भो । म प्रायः सत्र घन्टा काम हुन्थे ।

कामको थकानले थकित हुन्थे । घरको यादले बेस्सरी छाती पोलेको अनुभव हुन्थ्यो। गाउँघर मेलापातको याद आउथियो।साथी सङ्गीको याद नआउने कुरै भएन । दिनहरु बितिरहेका थिए । एकदिन मिल्ने साथीले फोन गरि । सन्चो बिसन्चो सोधेपछि उ पनि भन्न थाली -`अरे तिमी त बिदेश गएपछि पुरै परिवर्तन भएछौँ । पैसा कमाए पछि यस्तै हो ,सबै फेरिन्छन , तिमी पनि फेरिएछौं । उसको कुराले मन चसक्क दुख्यो ।

म केही बोल्न सकिन । मलाई भन्न मन थियो । म कसरी ठुली भए ? मैले कसरी पैसा कमाए? सत्र घन्टा काममा गोरुले झै जोतिनुपर्छ भने म कसरी परिवर्तन भए? घामको रापले सेकिएको गन्हाएको खाएर बाचेको छु भने म कसरी फेरिए ? तर केही भन्न सकिन ।अर्कोपटक फोन गर्छु गाह्रो भएको छ भन्दै फोन कट गरे ।भोक लागिरहेको थियो । आफन्त अनुहार सम्झ्दै गर्दा भुसुक्क निदाएछु । ब्युझदा भोलिपल्टका लागी खाना बनाउने बेला भइसकेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर