युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा साढे १२ हजार मतान्तरले प्रतिनिधि सभाका लागि विजयी बन्नुभएको छ । डडेलधुराबाट उहाँ सातौँपटक संसद सदस्यका लागि निर्वाचित हुनुभएको हो ।

यही मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा उहाँले कुल २५ हजार ५३४ मत लिएर विजय हासिल गर्नुभयो । गुल्मीबाट डडेल्धुरा गएर उहाँलाई चुनौती दिनुभएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभयो । यसैगरी नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत लिएर तेस्रो स्थानमा रहनुभयो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कुल ५१ हजार २०३ मत गणना भएको र त्यसमा ३ हजार १८७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर