युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाको बडिमालिका नगरपालिका वडा न. ६ कोर्ध मा जन्मिएका एक साहित्यक यात्री ( हरिश खड्का सानै देखि गजल मुक्तक छेत्रमा निकै रुचि राख्दै आएका छन झन अहिले भने उनको गजल मुक्तक हरु यस्तै मिडिया हरुमा निकै बज्न थालेका छन । उहाँ जुनसुकै बिसयमा पनि गजल लेख्न सक्छन । त्यस्तै हाल चाहिँ काठमाडौ मा पढाइ लेखाइ गर्दै आएका हरिस खड्काको गजल हरु यसरी सुरु हुन्छन ।

गजल १ मेराे देश नेपाल उस्तै छ ।

कति सोध्छौ अरे देशको हाल उस्तै छ ।

अझै पनि मेरो जन्मभुमि नेपाल उस्तैछ ।।

जताततै भ्रष्टाचार र आतंक फैलिएको रैछ ।

हत्या हिंसा गर्दै देशमा दलाल उस्तैछ ।।

सोझा साझा जनता मार्छन गरिबिले यहाँ ।

गर्नेलाई त देशमा यता उता कमाल उस्तैछ ।।

कर्म गर्दा झुटो बोल्ने बानी परेछ ।

गर्न सक्छन् यहाँ छेक टाल उस्तै छ ।।

खान लाउन न पुग्नेलाइ दु:ख धेरै हुनेरैछ ।

गरिबको दुःख पिडा फालाफाल उस्तै छ ।।

 

गजल २  गरिवि हालत

घरवालि पालन्या सम्पति कमाउँन नसक्या पछि।

छाडि बिचारि गरिबिमा रमाउँनन नसक्या पछि।

गरिब दार्द भनिकन हेप्न लाग्या देशका सार ।

प्रिति र घरबारि मैले जनाउँन नसक्या पछि।

नामर्द हुन्या भइयो अब हेर एक्लै हुनाले।

बुढा बा आमाको हात समाउँन नसक्या पछि।

बाँचेर पनि मर्याजसो भयाको छु अचेल म।

आफ्नै लाग्न्या आफ्ना बनाउँन नसक्या पछि।

बणो दोमन भयो क्या हर्नु हो अब मैले भनि।

उईको माया न गुमाउँन न पाउँन नसक्या पछि।

 

गजल ३ /

 

हार्ने को पनि मलाई बिजय लाग्छ।।

पीडा त धेरै छन् खुसी मात्र सय लाग्छ।

नाटक कारले नाटक रचे जस्तो जीवन।।

आफैंलाई जिन्दगी एक अभिनय लाग्छ ।।

नराम्रो त हुँदै होईन सबैले चिन्छन्।।

खराब त मलाई मेरो समय लाग्छ ।।

जिउन गारो हुन्छ होला सायद मलाई।।

आज आफैंलाई निकै भय लाग्छ ।।

कसैले सोध्यो भने को हो तिमी।।

मुटुमा बिझउने काँडा परिचय लाग्छ।।

जिन्दगीको पाठ मैले घरमै सिकेको हु।।

त्यसैले त आफ्नो घर विद्धालय लागछ।।

 

गजल ४ /

माया पिरिमका कुणा हर्नुछ ।

तँसित एक जरुरी कुणोकानि हर्नुछ।।

तेरा मेरा पिरतिको मीठो कहानि हर्नुछ।।

तँकि मेरो बानि पटक्कै निको नलागला।।

जसो तेरो बानिछ उस्सै आनिबानि हर्नुछ।।

जन्त हरि मेरा घर लैजाउला सुच्तोछाै।।

मु राजा हुन्या मन छ तँकि रानी हर्नुछ।।

कहानि जान्याहाैँन भन्या सुच्दो छिँया।

निको फुर्चो जसोपहाै जानि नजानि हर्नुछ।।

निका काम निको साईत हेर्नुपड्नया रैछ।

जन्त हर्दा दिनपन निको फुर्चो छानि हर्नुछ।।।

धन्यवाल प्याराे भाइ हरिस खड्का मिठाे गजलकाे लागी । साहित्यक यात्राले शिखर छावस । शूभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर