बाजुरा / जिल्लाकाे त्रिवेणी नगरपालीका वडा नम्बर ७ मा मंसिर ४ मा भएकाे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ। ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले बताए।
उनको शव अहिले अस्पतालमा छ। हत्यामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएपछि मात्र शव पोस्टमार्टम गरेर दाहसंस्कार गरिने बताइएको छ। निर्वाचनको दिन प्रहरीको गोली लागेर ज्यान गुमाएका २६ वर्षीय सन्दिप ऐडीको पनि शव उठाइएको छैन् ।





