बाजुरा – जिल्लाको गौमुल गाउँपालिका नजिकै मालिवनमा बिहीबार राति जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप मालिका अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटमुनाबाट सिया ढुंगा जादै गरेको से १ ज ९८९ नम्बरको जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई जीप दुुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिं ऐरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार जीपमा सवार जय मालिका यातायात प्रालिका काउन्टर इचार्ज मदन रोकाया घाइते भएको बताए । घाइतेको उद्धार गरेर गौमुल गाउँपालिकाको घटमुना स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
जीप सडकबाट करिव दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल पुगेको छ ।





