युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिका–८ देवलसैनमा आइतबार मिलमा गएकी एक बालिकाको मिलको सापटमा कपडा बेरिएर घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–८ देउलीसैन बस्ने लोकेन्द्र रावलकी ५ वर्षीया छोरी आँचल रावल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिं ऐरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार स्थानीय भरत नेपालीले संचालन गर्दै आएको मिलको पछाडीको सापटमा चुन्नी बेरीई टाउकोमा चोट  लागेर गम्भीर घाइते भएकी  बालिकाको आईतबार साँझतिर घटनास्थल मै मृत्यु भएको प्रहरी निरिक्षक ऐरीले बताएका छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक ऐरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर