युनिकोड    राशिफल    एफएम रेडियाे                        

कात्तिक / पूर्वी चितवनको राप्तीमा ट्रकमा माईक्रोबस ठोक्कीदा पत्रकार महावीर विश्वकर्माको निधन भएको छ । उक्त दुर्घटनामा अन्य पाँच जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्वी चितवनको राप्तीबाट काठमाण्डौं जान आउँदै गरेको माईक्रोबस आज बिहान राप्ती नगरपालिका वडा नं. ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । बा ४ ख ४१२ नम्बरको माईक्रोबस रोकिराखेको ना २ ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो ।

माईक्रोको अगाडि भाग ट्रकको पछाडि भागमा ठोक्किएर कुच्चिएपछि घाईतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाईएको छ । ट्रकभित्र छिरेको माईक्रोको अगाडिको भाग काटेर घाईतेको उद्धार गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

राप्ती नगरपालिका वडा नं. ४ डडुवा निवासी ३५ वर्षिय विश्वकर्मा सञ्चारकर्मीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । दुर्घटनामा परी अन्य ५ जना घाईते भएका छन् । घाईतेको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ ।

दुर्घटनामा परी घाईते हुनेहरु :

१.माईक्रोमा सवार जिल्ला चितवन राप्ती ५ बस्ने बर्ष २१ को आयुस लो तामाङ नाक दाईने खुट्टामा चोट ।सामान्य।
२. माईक्रो चालक ऐ. ६ बस्ने बर्ष २६ को शंकर चौधरी, बायाँ खुट्टा,नाकमा चोट मध्यम
३. माईक्रोमा सवार ऐ.१ बस्ने बर्ष २६ को उज्वल मैनाली बायाँ हातमा चोट सामान्य
४. माईक्रोमा सवार ऐ. २ बस्ने बर्ष ४६ को जवारीलाल बि.क. टाउकोमा चोट सामान्य।
५. जि.धादिङ रोराङ गा.पा.५ बस्ने बर्ष २१ को कुशल बिसुराल बायाँ हातमा चोट सामान्य ।

प्रतिक्रिया

सम्बन्धित खवर