बाजुरा: सुदूरपश्चिम् प्रदेश सरकारका प्रदेश सभा सदस्य बाजुरा प्रदेश सभा ( ख) बाट निर्वाचित प्रदेश सभाका सदस्य पदम बहादुर शाहीले घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ । हिजो (बुधबार) बडीमालिका नगरपालिकाबाट घरदैलो अभियान सञ्चालन गरिएको प्रदेश सभा सदस्य पदम बहादुर शाहीका स्वकीय प्रेम थापाले जानकारी दिनुभएको छ ।
हिजोबाट घरदैलो अभियानमा जानू भएका माननीय शाही बडीमालिका नगरपालिका ३ को रजाली,गडखेत,बाउली हुँदै आज बिहान सदरमुकाम मार्तडी फर्किनुभएको थियाे। यस्तै आज दिउँसो जिल्ला स्थित सबै कार्यालयका कार्यालय प्रमुख संग अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ । जिल्लाको विकास निर्माणमा सरकारी कार्यालयहरुको पनि महत्त्वपूर्ण भुमिका हुने भन्दै प्रदेश सभा सदस्य शाहीले कार्यालयबाट नागरिकलाई प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउन र जिल्लाको विकासमा आपसी समन्वय,सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभएको छ ।
यसका साथै आजै उहाँले जिल्ला अस्पताल बाजुराको अबलोकन गर्नुभएको छ। अस्पताल पुग्नुभएका शाहीले अस्पतालका समस्या,अस्पतालमा थप सेवाप्रवाह बढाउन तत्काल गर्नुपर्ने कामका बिसयमा अस्पताल प्रशासन सङ्ग छलफल गर्नुभएको छ। बाजुरा जिल्ला सदरमुकाम मार्तडी स्थित सम्पुर्ण कार्यालय प्रमुख ज्यु सङ्गको भेटघाटमा जिल्लाको समग्र बस्तुस्थिति, विकासको अबस्था,समस्या,समाधानका उपायहरु ,जनताका दैनिक कामकाजका विषय,सेवाप्रवाह,कार्यालयका समस्या हरुको बिसयमा पनि कार्यालय प्रमुखहरु संग अन्तरक्रिया गर्नुभएको छ । भोलीबाट पुनः घरदैलो अभियानलाई निरन्तर दिने स्वकीय प्रेम थापाले बताउनुभयो ।
आफुले जितेको निर्वाचन क्षेत्रका पाँच वटै पालिका पुगेर मात्रै प्रदेश केन्द्रित हुने बताइएको छ । सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य ,संगठन बिभाग प्रमुख समेत रहेका माननीय शाही पहिलो चरणमा नेता,कार्यकर्ता ,आम नागरिक ,मतदाता भेटघाट कार्यक्रम संगै जनातका जनगुनासा सुन्न निर्वाचन क्षेत्रमा पर्ने पाँचै पालिका हुने सचिवालयले जनाएको छ । यतिबेला गृह जिल्ला बाजुरामा पुगेर शाहीले जनता संगको भेटघाटलाई निरन्तरता दिनुहुने भएको छ । जनताका समस्या पहिचान गर्न, जनताका जनगुनासा सुन्न, र जनता संग साक्षात्कार गर्न, घरदैलो कार्यक्रममा सरिक हुनुभएको हो । निर्वाचित भैसकेपछी पहिलोपटक शाही घरदैलो अभियान लिएर गाउँ केन्द्रित हुनुभएको छ ।

चुनाबमा गाउँ आउने मत माग्ने र चुनाब जितेपछि गाउँ नफर्किने गरेको जनगुनासो जनताले गर्ने गरेका छन् । सोही जनगुनासोलाई मध्यनजर गर्दै शाही यतिबेला गाउँ केन्द्रित हुनुभएको छ । शाहीले चुनाबमा भनेका जति सबै कुरा एक वर्षको अवधिमा पूरा गर्न सम्भव नहुने भएकाले बाजुराका हित र बाजुरा जिल्लाको विकासका लागि पाँच वर्षको कार्यकालमा उपलब्धिमुलक काम गर्ने सार्वजनिक कार्यक्रममै बताउदै आउनुभएको छ । व्यक्तिगत अपेक्षा कसैका पुरा गर्न नसकिने भएकाले समग्रमा जिल्लाको हितका लागि कार्यकालको सुरुवातीमा थुप्रै कामको सुरुवात भएको दाबी समेत गर्दै आउनुभएको छ ।






