युनिकोड    राशिफल    एफएम रेडियाे                        
बुढीगंगा ५ लाई बाल बिवाह मुक्त वडा घोषणा

बाजुरा- बुढीगंगा नगरपालिका ५ लाई बालविवाह मुक्त र महिनावारी स्वच्छता व्यवस्थापन मैत्रीक वडा घोषणा गरिएको छ । बाल विवाहलाई शुन्य अवस्थामा झारेको र महिनावारी स्वच्छताका सबै प्रकारका सूचकहरु पनि पुरा गरेपछि वडालाई घोषणा गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रभक्ता हेमराज जैशीले जानकारी दिएका छन् ।

विहेवारी २० पारी अभियानालाई सहयोग गर्न वडा बासी प्रतिवद्ध छन् । भने महिनावारी स्वच्छताका लागि पनि प्रत्येक घर परिवार र स्वयम व्यक्तिले प्रतिवद्धता सहीत व्यवहारिक कार्यान्वयन गरेपछि घोषणा गरिएको हो ।

घोषणा नगर प्रमुख रामबहादुर बानीयाँले औपचारिक कार्यक्रमका बीच गरेका हुन् । बाल विवाह मुक्त वडा घोषणा हुनेमा बुढीगंगा नगरपालिकामा ५ नम्बर वडा दोस्रो बनेको छ । यस अघि बुढीगंगा ४ लाई घोषणा गरिसकिएको छ ।

बाल विवाह मुक्त घोषणा र महिनावारी स्वच्छता व्यवस्थापनका सबै सूचक पुरा गर्ने वडाका रुपमा ५ लाई घोषणा गरिएको वडा अध्यक्ष चक्रबहादुर थापाले बताएका छन् । नगरपालिकासहीत पीसविन, गुडनेवर्स इन्टरनेशनल, सहयोगी हातहरुको समूह सहासको सयुक्त सहकार्यमा घोषणा गरिएको छ ।

नगरका प्रमुख, उपप्रमुख सहीत सबैको सहभागितामा घोेषणा गरिएको हो । सहयोगी निकायका प्रतिनिधी, वडा बासीहरुको भव्य सहभागिता रहेको थियो । वडा बासीले बाल विवाहलाई पूर्ण रुपमा बन्द गरिसकेको अवस्था छ । भने महिनावारी स्वच्छताका सूचकहरु पनि सुधार हुदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर