बाजुराः लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान भाेलिबाट सुरू हुँदै छ। यसैबीच जिल्लाको बडीमालिका नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ । भोलीबाट सुरु हुने १६ दिने महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा फरक दिन फरक कार्यक्रम गर्ने भएको हो ।
लैङ्गिक हिंसा बिरुद्धको अभियानको समयावधि बीच सुरुको दिन मैन बत्ति बालेर कार्यक्रम उद्घाटन गर्ने उद्घाटन, आचार संहिता तयार गरेर टास्ने, अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने, किशोरीहरु संगछाउपडी गोठ मुक्तका लागि धामी पुरोहित जनचेतनामूलक सडक नाटक कार्यक्रम गर्ने, गाउँका महिलाहरूलाई महिला संग सम्बन्धि समस्याहरु, हिंसाबाट कसरी जोगिने, आफु माथि हिंसा भएको खण्डमा कहाँ कसरी न्याय माग्ने लगायतका बिषयमा जानकारी गराउन नगरपालिकामै बोलाएर प्रशिक्षण कार्यक्रम गर्ने पनि बताइएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा कम्तीमा १ वडाबाट ५ जना महिलाहरुलाई सहभागी गराई झण्डै ५० जना महिलाहरुलाई बिषयगत समस्या संग सम्बन्धित व्यक्ति द्वारा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।कार्यक्रमको अन्तिम दिन ¥याली सहित समापन गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ । कार्यक्रमलाई सभ्य अनि भब्य तरिकाले सप्पन्न गर्न सबैलाई सहयोग गर्न र सहभागीता जनाउन नगर उपप्रमुख नन्दा थापाले आग्रह गर्नुभयो । नगरपालिकाले विभिन्न सहयोगी निकायहरु संगको समन्वय सहकार्यमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान भब्य रुपमा मनाउने तयारी गरेको उहाँले बताउनुभयो ।
विभिन्न जनचेतनामूलक कार्यक्रम मार्फत लैङ्गिक हिंसा न्यूनीकरणमा गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ ।कार्यक्रम साहास नेपाल, उपहार नेपाल, एचआरसी, आइपास नेपाल, सामाजिक विकास मन्त्रालय, पिसवीन नेपाल र नगरपालिकाको समन्वय,सहकार्य र साझेदारीमा र आर्थिक सहयोगमा कार्यक्रम गरिनेछ । बैठकमा नगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति थियो । बैठक नगर उपप्रमुख नन्दा थापाको अध्यक्षतामा सुरु भएको हो ।





