
मिन बहादुर खड्का बाजुरा: बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बाँनियाले नगरपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक दुरुपयोग गरेको बताउनुभएको छ । रेडियो पौरखीको पालिका संग पौरखी सम्बाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नगरपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको आरोप के हो ? भन्ने प्रश्नको जवाफमा उहाँले यो मिठ्या आरोप रहेको दाबी गरेका छन् । परिक्षामा जो उत्कृष्ट भयो त्यहीँ व्यक्ति छनोट भएको कुरालाई राजनीतिकरण भन्न नमिल्ने नगर प्रमुख बाँनियाको तर्क छ । कुनै राजनीति पुर्वाग्रहीका आधारमा कर्मचारी भर्ती नगरेको उहाँले दाबी गर्नुभयो । आफु माथी लगाइएका आरोपहरु मिथ्या आरोप मात्रै रहेको उहाँको जिकिर छ । नगरपालिकाले धेरै राम्रा कामहरू सुरुवात गरेको देखी नसहने शक्तिहरु सक्रिय भएर असफल बनाउन लागिपरेको उहाँले आरोप लगाउनुभयो । राम्रा कामहरू गरेर यिनीहरु स्थापीत भैहाल्छन् की भन्ने डरले बिरोध र आलोचना गरिरहेको उहाँको आरोप छ ।
“लामो समय देखी कार्यरत कर्मचारीलाई हटाएर आफ्ना नजिकका आसेपासे र कार्यकर्तालाई संरक्षण गर्यो भन्ने कुरा सत्य होईन, हामीले परिक्षा लिएका छौँ, परिक्षामा एमालेले उतिर्ण हुनुहुँदैन, एमाले सक्षम हुदैनन् भन्ने हो ? भन्दै बाँनियाले प्रश्न गरे , कुनै राजनीति पुर्वाग्रह होईन, योग्य व्यक्ति नै उतिर्ण भएका छन्” उहाँले भन्नुभयाे,
पुराना कर्मचारी हटाएर नयाँ राख्नुको कारण के हो ?
जवाफमा उहाँले उनीहरुको कार्य सम्पादनका आधारमामा उनीहरुलाई हटाएको उहाँले बताउनुभयो । कार्य सम्पादन मुल्यांकन गरेर नगरपालिकाको नीति नियम अनुसार कार्य सम्पादन नगरेका कारण उनीहरुलाई हटाउन बाध्य भएको प्रमुख बाँनियाले बताउनुभयो ।
सचिवलयमा कती जना कर्मचारी छन् ? कहाँबाट तलब खुवाइराख्नु भएको छ ?
यो बिषयमा उहाँले आफ्नो सचिवालयमा एक जना मात्रै कर्मचारी रहेको दानी गर्नुभयो । उहाँले भन्नुभयो, “एक जना मात्रै छन्, उहाँलाई कम्प्युटर अपरेटर भनेर नियुक्ती दिएका छौँ अरु छैनन्” उसो त प्रमुख बाँनियाको आफ्नै साला सचिवालयमा कार्यरत रहेको आरोप छ । पाँच जनाले उहाँको सचिवालयमा काम गरिरहेको आरोप छ । तर उहाँले भने एक जना मात्रै रहेको दाबी गर्नुभयो । सचिवालयमा कति खर्च गरिराख्नु भएको छ भन्ने प्रश्नको जवाफमा भने कुनै प्रतिक्रिया दिनुभएको छैन ।
नगर प्रमुख बाँनिया संग पालिकाले गरेका सफल अभ्यासका बिषयमा शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, कृषि, रोजगारी, पर्यटन, सुशासन, लगायतका बिषयमा भएका नयाँ कामको सुरुवातको बिषयमा बिषयगत कुराकानी गरिएको हो ।
नगर प्रमुख बाँनिया निर्वाचित भैसकेपछी नगरपालिकामा नयाँ कामको सुरुवात के के भयो ? भाबी योजना के छ ?
नगर प्रमुख बाँनियाले आफु निर्वाचित भैसकेपछी नगरपालिकामा थुप्रै नयाँ कामको सुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“हामी चुनावी घोषणा अनुरुप नै अगाडि बढेका छौँ, घोषणा पत्र अनुसारको नै पहिलो नीति तथा कार्यक्रम ल्याएका थियौं, ४५ वटा कानुन निर्माण गरेर राजपत्रमा प्रकाशित गरेका छौँ, पालिकाको प्रशासकीय भवनको जग्गा खरिद गरि निर्माण कार्य सम्पन्न गरेका छौँ, १५ शैयाको अस्पताल निर्माण कार्यको सरुवात १९ वटा वडा कार्यालय मध्य ७ वटा वडा कार्यालय निर्माण ग¥यौ,पाँच वर्षीय बुढीगंगा आवधिक योजना निर्माण गरेका छौँ, मध्यकालीन खर्च संरचना निर्माण, कर्मचारी क्षेमता विकास योजना निर्माण, सडक गुरु योजना, नगर प्रोफाइल, १० वर्षे कृषि रणनीतिक योजना अगाडी बढाएका छौँ” ,“ यो संगै थुप्रै नयाँ र उपलब्धिमुलक काम डेढ वर्षको अबधिमा भएका छन् । काम गर्नेहरुको नै बिरोध गर्ने चलन चल्ती जस्तै बनेको छ । बुढीगंगा नगरपालिका लयमा हिडेको देखेर केही मान्छेले बिरोध गरेका छन्” उहाँले थप्नु भयो ।
शिक्षामा के के काम भए त ?
यस्तै बिषयगत रुपमा नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामहरू बारे जानकारी गराउदै भन्नुभयो ,“शैक्षिक गुणस्तर सुधारका लागि धेरै ठूलो पहल गरेका छौँ, बिद्यालय मर्च अभियान, बिद्यालय तह घटाउने, बिद्यालय दरबन्दी मिलान कार्यक्रम सञ्चालन गरेका छौँ, समुन्नत नेपाल संगको समन्वयमा पाठ्यक्रम प्रबोधिकरण गर्नका लागि प्रत्यक बिद्यालयबाट एक जना शिक्षकलाई श्रोत व्यक्तिका रुपमा छनोट गरेका छौँ, प्रत्येक विद्यालयका प्रअ संग ३४ बुदे करारनामा गरेका छौँ, प्रत्यक बिद्यालयमा ई हाजिरी जोडेका छौँ, शिक्षकहरुलाई मार्षिक तलब खुवाइरहेका छौँ, अनुगमन र मूल्याकंनको पाटोलाई मुजबुत बनाएका छौँ” बिद्यालयका भवन र क्षात्रवास निर्माण, युग सुहाउँदो प्रतिस्पर्धात्मल शिक्षा कसरी बनाउने भनेर नगर सरकार लागिरहेको र सोही अनुसारका कार्यक्रम र लगानी गरिरहेको उहाँको भनाई छ ।
क्रमश स्वास्थ्यः
“स्वास्थ्य क्षेत्रमा १५ शैयाको अस्पतालको सुरुवात गरेका छौँ, सबै सहरी स्वास्थ्यका भवन निर्माण, मुसी, जुवापानी,अमकोटबाट नयाँ स्वास्थ्य सेवा सुरु, विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेर करीब ४८ सय बढीलाई नगर भित्रै उपचार सेवा दिएका थियौं, गेटा आँखा अस्पतालको शाखा नगरपालिका भित्रै सञ्चाल, धुरालसैनबाट प्रसुती सेवा सञ्चालन गरेका छाैँ” अहिले सेवा दिरहेका स्वास्थ्य सेवाहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगर सरकार लागिपरेको उहाँले बताउनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा नागरिकलाई प्रदान गर्न नगर सरकार आवस्यक लगानी गर्न तत्पर रहेको उहाँको प्रतिबद्धता छ । बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र संगको सहकार्यमा जलविद्युत आयोजनाको स्त्तोरउन्नति गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
यस्तै पुर्वाधारमा तीन वटा साविकको गाविस जोड्ने सडक कालोपत्रेका लागि काम अगाडी बढाइसकेको उहाँले बताउनुभयो । पालिका दुई वटा वडा र पालिकामा फाइबर नेट जडान कार्य सम्पन्न भएको र बाँकी सबै वडामा गर्ने तयारी भैरहेको उहाँको भनाई छ ।
खानेपानी:
यस्तै खानेपानीको नगरपालिकाका धेरै ठाउँमा समस्या रहेको बताउनुहुँदै उहाँले सबै बस्तीमा खनेपानीको व्यवस्था गर्ने दाबी गर्नुभयो ।सिगाडा र सराप्लामा धेरै टाढाबाट पानी लिफ्ट गरेर पनि खानेपानीको व्यवस्था गरेको बताउनुभयो । खानेपानीको सबैभन्दा ठुलो समस्या रहेको ब्रमतोलामा बुढीगंगा नदिबाट पानी लिफ्ट गरेर लिने योजना रहेको उहाँले बताउनुभयो । आफ्नो कार्यकाल भित्र एक घर एक धारा निर्माण गर्ने उहाँको दाबी छ । नगर सभाको पहिलो नीति तथा कार्यक्रममा समेत यो कुरा समाबेश भएको बताउनुहुँदै उहाँले पूरा गर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “बाढी पहिरोको उच्च जोखिममा रहेको नगरपालिका भएकाले पानीका मुहान छैनन् ,त्यसकारण पनि समस्या छ, सम्भव भएका ठाउँ हामी लागिरहेका छौँ” बार्जुकोट दशैलाई साझा दशैका रुपमा मनाउने दुई पालिका खप्तड छेडेदह र बुढीगंगा बीच सहमति भएको छ, शिभरात्री मेलालाई पनि व्यवस्थित बनाउने त्रीवेणी नगरपालिका संग सहकार्य भएको छ ।
कृषिः
“कृषि क्षेत्रको विकासमा पनि लागिरहेका छौँ, परमपरागत खेतीलाई आधुनिकरण गर्नका लागि एक वडामा दुई वटा व्यवसायीक फर्म स्थापना गर्ने र दुईवटा प्राबिधिक नगरले खटाउने तयारी छ।यो वर्ष एक लाख बढी कागतीका बोटहरु रोप्ने भएला छौँ, कुनै एक जना कृषकले व्यक्तिगत रुपमा २ हजार बढी बोटहरु रोपेमा उक्त व्यक्तिलाई वार्षिक ५० हजार दिने निर्णय भएको छ, फल्न थालीसकेपछी कृषकको उत्पादनलाई बजार सम्न पुर्याउने व्यवस्था हामी गर्छौं” सिचाँइको सुबिधाका लागि पहल गरिरहेका छौँ, समग्रमा बुढीगंगाको उत्पादनलाई निर्यात गर्नेगरि कृषि क्षेत्रको विकासमा लागानी गर्ने उहाँको भनाई छ ।
यस्तै खेल क्षेत्रको विकासका बिषयमा पनि नगर सरकार कतिबद्ध भएर लागिरहेको बताउनुभयो । नगर भित्रका तीन ठाउँमा राष्ट्रिय मापदण्डको खेल मैदान निर्माण कार्यलाई अगाडी बढाइएको उहाँको भनाई छ । आफ्नो कार्यकाल भित्र त्यो काम पूरा गर्ने बताउनुभयो । यो संगै पर्यटन प्रबर्द्धनका लागि बार्जुकोट दरबारको संरक्षण र प्रबर्द्धन भुक्तोलीको चौरलाई पिक्निक स्पोर्ट्स निर्माण गर्ने योजना रहेको बताउनुभयो । यस्तै सामाजिक समस्याहरु बालबिवाह, छाउपडी पर्था, जातिय विभेद लगायतका कुसंस्कारको न्यूनीकरणका लागि पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।
२०८० सालभित्र नगरपालिकालाई बालबिवाह मुक्त नगरपालिका घोषणा गर्ने दाबी समेत नगर प्रमुख बाँनियाले गर्नुभयो । उहाँले भन्नुभयो,“२०० जना युवालाई विभिन्न निकाय संगको समन्वयमा तालिम दिएका छौँ, विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मानित गरेका छौँ, प्रतीक्षालयहरु बनाएका छौँ, अरुले सिक्न लायकका धेरै कामहरू भएका छन्, एक वर्षमै ४६ जनालाई रोजगारी दिएका छौँ, प्रत्यक वडामा मिलमिलाप केन्द्र स्थापमा गरेका छौँ, हामीले जति पनि कामको सुरुवात ग¥यौ त्यो सुखद सरुवात भएको छ, जनताको हितमा छ, सामाजिक हितका काम गरेका छौँ”
समग्रमा उहाँले जिल्लाको विकासमा बिसयमा पनि चासो राख्नुभएको छ । बडीमालिकाको प्रबर्द्धन र संरक्षणका लागि बाजुराका ९ वटै स्थानीय तहले आवस्यक लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बाजुराको विकासका लागि अपसी सहयोग सहकार्य, समन्वय, एकताका माध्यमबाट अघी बढ्नुको अर्को विकल्प नरहेको उहाँले बताउनुभयो । विकासका लागि राजनीति आस्थाबाट माथी उठ्न आवस्यक रहेको उल्लेख गर्नुहुँदै उहाँले सबै राजनीति दललाई एकै ठाउँमा उभ्याउने उदेश्यले विकास कचहरी गर्ने आफ्नो तयारी रहेको बताउनुभयो । नगरपालिकाको विकाकाका लागि प्रदेश र संघ सरकार मात्रै नभैई अन्य सहयोगी निकाय संग पनि निरन्तर समन्वय र सहकार्य गरिरहेको उहाँको भनाई छ ।
पटकपटक बिबादित बन्छन्र नगर प्रमुख बाँनिया :
उसो त पुराना कर्मचारीलाई हटाएर नयाँ राखेका कर्मचारीहरु सबै एमाले निकटका नै रहेको व्यापक जनगुनासो छ । पुराना कर्मचारीलाई विभिन्न बाहानामा हटाएर आफ्नालाई भर्ती गरेको आरोप प्रतिपक्षी दलले लगाउदै आएको छ । यतिमात्र होईन पार्टीका नेताहरुको निर्देशनमा नगरपालिका चलाइरहेको आरोप पनि छ । उपल्लो निकायका आफ्ना व्यक्तिहरुको सेटिङमा नगरपालिका चलाउने गरेको आरोप प्रतिपक्षी दलका नेताहरुले लगाउने गरेका छन् ।
नगरपालिकालाई आफ्ना पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइएको, जनताबाट निर्वाचित जनप्रतिनिधि पार्टीका कार्यकर्ता र आफ्ना नातेदारहरु संरक्षण गर्नमै व्यस्त भएको भन्दै नगर प्रमुख बाँनियाको व्यापक आलोचना भैरहेको छ । अन्य पालिकाको तुलनामा थुप्रै राम्रा कामहरूको सुरुवात आफू र आफ्नो बुढीगंगा नगरपालिकाले गर्दै आएको दाबी गर्दै आउनु भएका नगर प्रमुख बाँनिया पटक–पटक आलोचित बन्दै आएका छन् । नगरप्रमुखले आफ्नो सचिवालयमा आफ्ना कार्यकर्ताहरु राखेको र फजुक खर्च गरेको आरोप छ ।
तर नगर प्रमुखले भने यस्ता कपोकल्पित आरोपहरु स्वीकार गर्न तयार नरहेको उल्लेख गर्नुभयो । यदि यो कुरा सत्य प्रमाणित भएमा नगर प्रमुखको पदबाट राजिनामा दिन तयार रहेको दाबी गर्नुभयो ।





