युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरामा ‘मैझाणो’ पर्व, हर्षल्लासका साथ मनाइँदै

प्रमित विक रेडियाे गाैमुल बाजुरा : ‘मैझाणो’ पर्व भन्ने वित्तिकै धेरैलाई अनौठों लाग्न सक्छ । ‘मैझाणो’ सुदूरपश्चिम बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा पुर्खौदेखि मनाइँदै आएको एउटा मौलिक संस्कृति हो । मैझाणो भन्नाले किसानको पर्व भनेर बुझ्न सकिन्छ । यो पर्व प्रत्येक वर्षको मंसिर महिनाको ७ गते शुक्ल एकादशीको दिन सबै काम सकिएपछि धुमधामका साथ मनाउने गरिन्छ ।

गौमुल गाउँपालिका–३ धल्काँडामा आज ‘मैझाणोे’ ९किसान पर्व० मनाइँदै छ । मैझाणो पर्व १४१४ साल पुस महिनादेखि मनाइँदै आईरहेका छन् । यो पर्व धल्पुरो देवताको ठुलो शक्तिबाट सुरु भएको जानकारहरुले बताउने गरेका छन् ।परापूर्वकालमा बझाङ र भूक्तानबाट आएका मानिसहरु एकै ठाउँमा जम्मा भएर देवता मान्ने सहमति भयो, फरक–फरक ठाउँबाट आएका रोकाया, बोहरा, धमेनाले ‘मैझाणोे’ ९किसान पर्व० मनाउनु पूर्व एक ठाउँमा जम्मा भएर सतधर्म बाधे र त्यसपछि उनीहरु एकै ठाउँका स्थानीय भए, त्यहि दिन देविदेवताको शक्ति प्रदर्शन पनि भयो, कालीका भगवतिको मन्दिरमा माथि गहुत राख्दा मन्दिरको भित्र दुधको दह बनेपछि त्या दिनदेखि गोरु पाल्ने र ‘मैझाणोे’ ९किसान पर्व० मनाउने चलन सुरु भएको हो ।

कालीका भगवतीको शक्तीका रुपमा यो पर्व मनाउने गरिएको संस्कृतिका जानकार निर्वतमान वडाध्यक्ष मान बहादुर बोहराले बताएका छन् । यहाँका सबै मानिसहरुले एक–एक हल गोरु प्राय पालेकै हुन्छन् । खेती लगाउन होस् त यो पर्व मनाउनका लागि । बर्खे खेतीदेखि हिउँदे खेती सम्म लगाउन खेतमा जोतिएका गोरुलाई यस दिन खोल्ने यो पर्वको अर्को मुख्य चलन रहेको छ ।यो पर्व विशेष गरी गोरुको पर्वको रुपमा पनि माइने गरिन्छ । यस दिन गौमुल गाउँपालिका ३ का सबै स्थानीयले एकै पटक हल गोरुको घाटीमा ‘जुँ’ राखेर खोल्ने गर्दछन् । यो पर्वको एक जना मुखिया छन्, भने शक्ती देवीको मन्दिरमा ठुलो घण्ट राखिएको छ । भौगिलिक हिसाबले धेरै दुरीमा गाउँहरु भएपनि मुखियाले बजाएको घण्ट र उनले बोलेको आवाजमै गोरुको घाँटीमा बाँधिएको ‘जू’ खोल्ने गरिन्छ ।

मुखिया र बजाईएको घण्टको आवाज भन्दा केही समय ढिला भएमा गोरु मर्ने, घरमा गोरु नहुने र उक्त परिवारलाई कुनै न कुनै क्षति बेर्होनु पर्ने बाध्यता आउने जनविश्वास रहेको छ । उक्त दिन सबै हलीहरु मुखियाको आवाजसंगै घण्ट तिर कान लगाईराख्छन् । गोरु खोल्नु भन्दा अगाडी मुखिया सबैले सुन्ने गरी ठुलो ९डाको० आवाज लाउन्छ, उनी भन्छन् ‘ए सबै जना चनाखा भया हा’, सबै गाउँमा तयारी भया की नाई भनेर सोध्छन्, सबै गाउँका हलीहरुले तयारी भईसक्यौ, भनेपछि मुखिया गोरु ९बल्द० खोल है भन्छन्, देवीलाई चढाएको घण्ट समेत बजाउन्छन् ।
यसरी प्रत्येक वर्ष त्याहाँ स्थानीयले करिब ४ सय भन्दा बढी हल गोरु खोल्ने गर्दछन् । यो पर्व मनाउनु भन्दाअघि नै खेती लगाउने काम सक्नु पर्दछ । ‘मैझाणो’ पर्व मनाइसकेपछि भने गोरु जोत्न मिल्दैन् ।

त्यसैले यहाँका किसानहरु खेती लगाउनुदेखि अन्य काम यो पर्वभन्दा अगाडी सकाउन्छन् । यो परम्पराले ८ महिना सम्म काम गरेका किसान र खेतीमा जोतिएका गोरुको त्यो दिनदेखि थकान मेटिन्छ भन्ने जनविश्वस पनि रही आएको छ ।दिउँसो गोरु खोल्नुको साथै हरियो घाँस पात मिठो पसिनो खुवाइन्छ । ‘मैझाणो’ पर्वको रात आफन्त परिवारजन संगै मिठा मसिनो पकाएर खाने संगै रमाईलो गर्ने वर्षभरीको समीक्षा गर्ने गरिन्छ । भने परिवारिक जमघटको रुपमा पनि लिइन्छ । राति भगवतीको मन्दिरमा सबै जम्मा भएर साँस्कृतिक कार्यक्रमसंगै देउडा खेल्ने गर्दछन् । भने कामको धकान पनि त्यही मेलामा मेटाउने गर्दछन् । मेलामा आफ्त र ईगष्टमित्रसंग भेटघाटसंगै दुःख, सुःख पनि सटासाट गर्दछन् । मैझाणो पर्व यहाँको दशैंपछिको ठुलो पर्व हो ।

मैझाणो किसान पर्व आज सूरु भएको छ । आज तीन बजेबाट चर्चित लाइभ देउडा गायक शंकर मल्ल लगायत स्थानीय देउडा खेलाडीको प्रस्तुति रहने वडाध्यक्ष गोरख बहादुर बोहराले बताएका छन् ।मेलालाई थप व्यवस्थापन र सहज रुपमा सम्पन्न गर्न मदिरा विक्रि वितरण र सेवनमा रोक लगाउनुको साथै स्वयंमसेवक समेत परिचालन गरिएको छ । नियमको पालन नगर्ने जोकोहीलाई मदिरा ऐन बमोजिम कडा कारबाही गर्ने वडाध्यक्ष रोकायाले बताए

मेलामा देउडा खेलेर मनोरञ्जन गर्ने परम्परा छ । ‘मैजाणो’ ९किसान पर्व० मा छिमेकी जिल्ला बझाङका विभिन्न ठाउँबाट दर्शन गर्न तथा मेला हर्न आउने गर्दछन् । मौलिक संस्कृतिको संरक्षण गर्न विभिन्न मागल, गाथा, झिट्का र देउडा समेत खेलाईने कार्यक्रम रहेको वडाध्यक्ष रोकायाको भनाइ छ ।पहिलाका जसरी अहिले तामझामका साथ मनाउने चलन भने हराउँदै गएको छ । परम्परागत संस्कृति समाजको प्रतिबिम्वका रुपमा थियो । जसले समाजका प्रत्येक पाटाहरु बोल्ने गर्दथ्यो । संस्कृति परम्परागतमा मात्र नभएर इतिहासको अंग हो । तर पछिल्लो समय आधुनिकताको प्रवेशसंगै संस्कृति हराउँदै गएका छन् ।

गौमुल गाउँपालिका ३ का निर्वतमान वडाध्यक्ष एवं संस्कृतिका जानकार मानबहादु बोहराले आधुनिक संस्कृतिले परम्परागत संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।संस्कृति हराउँदै जाँदा यहाँको अस्तित्व संकटमा पर्र्ने भन्दै पुस्तानान्तरण गर्नुपर्ने आवश्यक रहेको यहाँका स्थानीयको भनाइ छ । अहिलेका पुस्ताहरुले संस्कृतिहरु जर्नेना गर्न चासो नदेखाउँदा लोप हुने स्थितिमा पुगेको पनि पुराना पुस्ताहरुको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर