युनिकोड    राशिफल    एफएम रेडियाे                        

चौथो पदम खत्री स्मृति खुला भलिवल प्रतियोगिताको उपाधि एलि कन्ट्रक्सन अछामलाईबाजुरा – चौथो पदम स्मृति खुला भलिवल प्रतियोगिताको उपाधि एलि कन्ट्रक्सन अछामले जितेको छ। । त्रिवेणी नगरपालिका वडा नम्बर ९ पैमामा संचालन भएको प्रतियोगितामा जनक दानी स्पोर्ट क्लवलाई एलि कन्ट्रक्सन १९ का विरुद्ध १७ ले पराजित गर्दै एलि कन्ट्रक्सन अछामले उपाधी जितेको आयोजकले जनाएको छ। आयोजक पदम खत्री स्मृति प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले दिएको जानकारी अनुसार

खुला भलिवल प्रतियोगितामा सहभागी भएका आठ टिम मध्ये फाइनलका लागि भिडेका एलि कन्ट्रक्सन अछाम र जनक दानी स्पोर्टस क्लव बिच प्रतिसप्रर्धा गराइएको बताइएको छ। । प्रतियोगितामा उपाधि हात पार्ने एलि कन्ट्रक्सन अछामले ७१ हजार १११ नगद सहित मेडल प्रमाण पत्र पाएको उनले बताए । उप विजेता भएको जनक दानी स्पोर्टस क्लवले मेडल प्रमाण पत्र सहित नगद ३५ हजार १११ रुपैँया प्राप्त गरेको छ । खेलमा दीपक अवस्थीलाई उत्कृष्ठ खेलाडी घोषित गरिएको छ भने उनलाई प्रमाण पत्र सहित नगदले सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रथम र द्धितिय स्थान प्राप्त गरेका दुई वटै टिमलाई त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले पुरस्कार हस्तान्तरण गर्नुभएको छ । । खुला भलिवल तथा बडीमालिका साँस्कृतिक महोत्सवमा आज देउडा खेलाडी शंकर मल्ल र टिका सानी बीच लाई देउडा सञ्चालन भएको छ । आइतबार अर्थात भोली मंसिर ३ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुका बेजोड प्रस्तुती रहने भएका छन । जसमा कलाकार राजु ढकाल,गायिका तथा उद्घोष्किा हेमान्ता भट्टराई, देउडा गाउक सदिनेश नेपाली लगायत अन्य कलाकारहरुका प्रस्तुती रहने भएका छन । भोलि हुने साँस्कृतिक कार्यक्रमको लागी सहभागी गायक ढकाल संगै सम्पुर्ण टिम बाजुरा आइसकेको प्रतिष्ठानका अध्यक्ष अमरबहादुर खत्रीले जानकारी दिएका छन् । भोली साँस्कृतिक कार्यक्रम भब्यताका साथ संञ्चालन गरीने पनि उनजले बताए । कार्यक्रमलाई थप रमाइलो तथा भब्य बनाउन सबैको उपस्थितको लागी पनि आयोजकले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर