युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा –सदरमुकाम मार्तडीमा मोटरसाइकल दुर्घटना भएको छ। दघर्टना हुँदा दुई जना घाइते भएका छन् । माटरसाइकल सनिबार बेलुका ५ बजेतिर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सदरमुकाम मार्तडीको तुफानडाँडाबाट लोकतान्त्रिक चोकतिर जाँदै गरेको म(२(प(७३१२ नम्बरको मोटरसाइकल नेपाल बिद्युत प्राधिकरण बाजुरा वितरक कार्यालय पछाडि आफै अनियन्त्रित भैई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह एरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकल विद्युतको पोलमा ठोकोएको थियो । मोटरसाइकलमा चालक सहित दुई जना सवार रहेका थिए । मोटरसाइकल दुर्घटना हुँदा चालक अन्दाजी २० वर्षीय बडीमालिका नगरपालिका ९ तुफानडाँडाका अविशेक खड्का घाइते भएका छन् । उनलाई मध्यम चोट लागेको प्रहरी निरीक्षक कोशोर सिंह एरीले बताउनुभयो । उनको टाउको बायाँ हाटमा चोट लागेको उहाँको भनाई छ ।

मोटरसाइकलमा पछाडि सवार अर्का वर्ष १४ का सन्देश सिंह पनि घाइते भएका छन् । उनको निधारमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक एरीले बताउनुभयो । घाइते एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भैरहेको छ । मोटरसाइकल चालकले हेल्मेट लगाएको भएपनि दुघर्टना हुँदा टाउको बाट निस्किसकेकाले टाउकोमा नै बढी चोट लागेको बता्इएको छ। चालकलाई बढी चोट लागेकाले थप उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रिफर गरिसकेको जिल्ला अस्पताल बाजुराका चिकित्सकको भनाईलाई उदृद गर्दै प्रहरी निरीक्षक किशोर सिंह एरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर