युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा- नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिले जाजरकोटका भुकम्प पिडीतहरुलाई ५० हजार बढी आर्थिक सहयोग गरेको छ । ९ कार्तिक १७ गते राति आएको ६ दशमलव ८ म्याग्नेच्युडको भुकम्पबाट प्रभावित पिडितका लागि सहयोग गरिएको हो ।

गाउँ कार्य समितिका ७ वटै वडाको बैठक बसेर भुकम्पबाट प्रभावित बनेका जाजरकोटका पिडितका लागि आर्थिक संकलन गरी जाजरकोट जिल्ला प्रशासन कार्यालयले संचालन गरेको भुकम्प प्रभावित राहत कोषमा पठाएको नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समिति सचिब बिष्ण्ु धामीले जनाकारी दिएका छन् ।

भुकम्पाबाट प्रभावित भएका जाजरकोटका पिडितका लागि गाउँपालिकाका स्थानीयहरुबाट संकलन गरिएको रकम कोषमा जम्मा गरेको उनले बताएका छन् ।गाउँ कार्य समितिले भुकम्प पिडितका लागि संकलन गरेको ५० हजार ८०० रुपैया भुकम्प प्रभावित राहत कोष जाजरकोटको नेपाल बैंक लिमिटेडको खाता नम्बर ०७५००१०७५९९६६००००१ मा रकम जम्मा गरिएको सचिव धामीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर