युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा- त्रीवेणी नगरपालिका वडा नं । २ को आयोजनामा बृहत छतारा सांस्कृतिक कार्यक्रम बिहबार  सम्पन्न भएको छ । संस्कृति संरक्षण स्रष्टाको सम्मान, छताराको पहिचान भन्ने मुल नाराका साथ कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले स्थानीय प्रतिभाको पहिचान र जिल्ला स्थित अग्रज कलाकारहरुको सम्मानका लागि आयोजना गरिएको कार्यक्रम हिजो  सम्पन्न भएको हाे ।
No description available.
आयोजक मुल समारोह समितिका सचिव नेपालीका अनुसार यहिाँ कार्तिक २२ गतेबाट सुरु भएको सो कार्यक्रम दुई दिन सम्म चलेको थियो । उक्त साँस्कृतिक कार्यक्रममा कार्यक्रममा प्रकाश थापा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति दिएकाे बताइएकाे छ। कार्यक्रममा अन्य कलाकारहरु हर्क खडायत, जनक कार्की, रंग नेपाली, जनक साउद ९अछामी माग्ने बुढा० राजेन्द्र बाजुराली, लिला केशी, बिष्णु धामी, सुरेन्द्र रोकाया, डम्मर बिश्वकर्मा, रामचन्द्र बोहरा, लक्ष्मी नेपाली, सर्जन बुढा, रमेश सुनार, टेकराज वि।क, गणेश चौतारी, देव बोहरा र शान्ति वि।क, अंकुश विक लगायत नृत्य प्रस्तुतीमा मदन सुनार, वीर बहादुर बिश्वकर्मा, राजु वि।क , कल्पना वि।क, संगिता वि।क, उषा, विशि, सोनु वि।क, बिपना वि।क, र झरना वि।क लगायत अन्य स्थानीय कलाकाहरुले पनि प्रस्तुती दिएका थिए । सँगै स्थानीय झाकीहरु समेत पस्तुत गरिएको थियो ।
No description available.
त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले उद्धघाटन गर्नुभएको थियो । समापन कार्यक्रमको प्रमुख अथिति पनि थापा नै रहेका थिए ।कार्यक्रमको मुख्य प्रायोजक त्रीवेणी नगरपालिकाको कार्यालय रहेको छ भने सहप्रायोजकमा त्रीवेणी नगरपालिका वडा न १ र २ को वडा कार्यालय रहेका थिए ।

No description available.
बिभिन्न क्षेत्रमा योगदान दिने ९ जना सम्मानितः

एक औपचारिक कार्यक्रमका बिच आयोजकले बिभिन्न क्षत्रमा बाजुराको विकास र समृद्धिका लागि माहत्वपुर्ण योगदान पुर्याउने, राजनितिज्ञ, समाजसेवी, कलाकार, साहित्यकार, पत्रकार, शिक्षक गरी ९ जनालाई सम्मान गरेको छ। कलाकार प्रकाश थापा, साहित्यकार, एवम् अधिवक्ता हर्क खडायतलाई कलाकारिता र साहित्यका माध्मबाट बाजुराको कला संस्कृतिको जगेर्ना गर्न संगै कला साहित्यका माध्यमबाट बाजुराको पहिचान जोगाउन महत्वपुर्ण योगदान पुयाएको भन्दै सम्मानित गरेको छ। यस्तै पत्रकार गगन अयडीलाई पत्रकारिता क्षेत्रका माध्यमबाट जनजीविकाका सवालमा कलम चलाई आवाज बिशिनका आवजहरु बुलन्द गरी, पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा पुयाएको योगदानको उच्च गदर गर्दै सम्मान गरिएको छ।
Open photo
त्रिवेणी नगरपालिकाको मात्रै नभई बाजुरा जिल्लाकै शैक्षिक गुणस्तर सुधार गर्न र शिक्षा क्षेत्रको विकासका लागि पुर्याएको महत्वपुर्ण योगदानको कदर गर्दै पार्वती माविका प्रधानाध्यापक नन्दलाल जोशी, त्रिभुवनेश्वरी माविका प्राधानाध्यापक प्रेमलाल जोशी, शिक्षक केश बहादुर बुढालाई पनि सम्मान गरिएको हो । यो संगै आफ्नो वडा र नगरपालिकाको विकासको लागी पुर्याएको योगदनाको उच्च कदर गर्दै अर्जुन बुढा पुर्व छतारा गाविस अध्यक्ष, पुर्व वडा अध्यक्ष त्रिवेणी १ का मन राज बुढा र २ का प्रभुराज जोशील सम्मानित गरिएको बताइएको छ। पुर्व गाविस अध्यक्ष अर्जुन बुढाले तत्कालिन समयमा छतारा गाविसको विकासका लागि उल्लेख्य योगदान पुर्याएको वडा न। १ का वडा अध्यक्ष विर बहादुर विकले बताएका छन् ।बिभिन्न क्षेत्रमा कार्यरत रही बाजुराको सवकासका लागि पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको आयोजकले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर