युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरास् नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाले वडा नं. १ काँडामा   शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ। । नजिकिदै गरेको शुभ दिपावलीको अवसरमा एक औपचारिक कार्यक्रमका बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे हो । एक औपचारिक कार्यक्रमका बिच नेपाली कांग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिका सभापति हर्क बहादुर रावतको अध्यक्षतामा सुरु भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अथिती पुर्व संविधान सभा सदस्य महा नेपाली रहनुभएको थियो ।

कांग्रेस खप्तड छेडेदहको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कार्यक्रममा बिशिस्ट अथिती कांग्रेस सुदूरपश्चिम प्रदेश प्रदेश कार्यसमिति ९ख० का उपसभापति शेर बहादुर सिंह, रहनु भएको थियो । कार्यक्रममा स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार खडक बुढा, निवर्तमानमा गाउँपालिका अध्यक्ष नर बहादुर रावत नेपाली कांग्रेस गाउँ कार्य समितिका पधातिकारी, पार्टीका भातृ संघका प्रमुख एवम् प्रतिनिधि लगायत पार्टीमा आस्थावान अन्य नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका कार्यक्रममा एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रम पार्टी सुदृढीकरणका बिषयमा पनि छलफल भएको नेपाली कांग्रेस खप्तड छेडेदह गाउँ कार्यसमिति सचिब बिष्णु धामीले जानकारी दिनुभएको छ । कार्यक्रममा नेताहरुले नेपाली कांग्रेसको पकेट क्षेत्रका रुपमा चिनिदै आएको छेडेदह गाउँपालिकामा पछिल्लो समयमा बिबिध कारणले २०७९ मा भएको स्थानीय निर्वाचनमा पराजित हुनु चिन्ताजनक बिषय भएकाले नेतृत्वले सच्चिए अगाडि अगाडि बढ्नुपर्नेमा छलफल भएको बताइएको छ। बिगतमा भएका कमजोरीहरुलाई सच्याएर एकताबद्ध भएर पुरानै अबस्थामामा पार्टीलाई फर्काउने गरि लग्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय निर्वाचनमा पराजित भएपछि पार्टी कमजोर भएको संकेत देखा परेको बताउदै नेताहरूले पार्टी लाई थप बलियो, सुदृढ, र एकताबद्ध कांग्रेस बनाउने अभियानमा सबैले हातेमालो गर्दै आत्माअलोचित भएर अगाडि बढ्नुको अर्को विकल्प नरहेको नेताहरूले बताएका छन् । शुभकामना आदानप्रदान कार्यक्रम संगै पार्टी नेतृत्व बिच समिक्षा गर्ने, जनताका जनगुनासाहरु सुन्ने, कार्यकर्ताका सुझाव संकलन गर्ने अभियानमा कांग्रेस खप्तड छेडेदह जुटेको पनि सचिब धामीले बताउनुभयो । यो संगै कार्यक्रममा दिन प्रतिदिन बिपतजन्य घटनाहरु निरन्तर घटिरहेको अवस्थामा यदि जिल्लामा पनि यस्तै घटनाहरु घटेको खण्डमा पार्टीको तर्फबाट सम्पुर्ण नेताकार्यकर्ताहरु उद्धारमा खटिने बिषयमा पनि छलफल भएको सचिब धामीले जानकारी दिनुभयो । यो अभियान पालिकाका सात वटै पालिकामा संचालन गरिने उहाँको भनाई छ।

शुभकामना आदानप्रदान कार्यक्रम संगै जनताका जनगुनासा सुन्न गाउँपालिकाको १ काँडा पुगेको कांग्रेस नेताहरूको टोलीले त्यहाँका भुकम्प पीडितहरुलाई भेटेर सहानुभूति दिनुका साथै भत्किएका घरहरू पुनर्निर्माणका लागि पार्टीका तर्फबाट तीन वटै तहका सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता सहित फर्किएको छ। भुकम्प पीडितका घरहरू पुनर्निर्माण गर्न र पीडित परिवारहरुलाई राहतको प्रबन्ध मिलाउन तत्काल पार्टीका तर्फबाट पहल गर्ने पार्टी सचिब धामीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती संविधान सभाका सदस्य महासमिति सदस्य महा नेपालीले लोकतान्त्रिक पार्टी भित्र प्रतिस्पर्धा, असहमति तिक्तता कहिँले काहिँ हुने स्वभाविक बिषयहरु रहेको बताउनुहुँदै बिगतमा भएका असमझदारी,असहमति, व्यक्तिगत असन्तुष्टि र एकआपसका तिक्ततालाई भुलेर पार्टीको हित र पार्टीलाई बलियो बनाउन तिर लाग्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी बलियो भएपश्चात् जनताका पक्षमा एकताबद्ध भएर काम गर्न सकिने उहाँले बताउनुभयो । गाउँपालिकाको विकासका लागि नेपाली कांग्रेसको पुनः जनतालाई आवस्यकता परेको नेता नेपाली दाबी गर्नुभएको छ । त्यसका लागि सबै कांग्रेसहरु एकताबद्ध हुनुको अर्को विकल्प नरहेको नेपालीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर