बाजुरा : खप्तड छेडेदह १ का भुकम्प प्रभावित ५८ परिवारलाई राहत सामाग्री सहयोग गरिएको छ । एक औंपचारिक कार्यक्रमका बीच महिला विकास मञ्च बाजुराले प्रभावित क्षेत्रका नागरिकको गाउँमै पुगेर राहत सामग्री वितरण गरेको हो ।
महिला विकास मञ्च बाजुराको आयोजना, टेवा नेपालको आर्थिक सहयोग, खप्तड छेडेदह गाउँपालिका र १ न । वडा कार्यालयको समन्वयमा खप्तड छेडेदह गाउँपालिका वडा न । १ का भुकम्प प्रभावित परिवारहरुलाई राहत सामाग्री वितरण गरिएको महिला विकास मञ्च कार्यक्रम निर्देशक उजा बिष्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार ५८ घरपरिवारलाई एक बलान्केट र त्रीपाल वितरण गरिएको बताइएको छ । केही दिन पछाडी बडीमालिका १ का १० भुक्म्प पिडीत परिवार र बडीमालिका ८ रापकमा दुई घरमा भएको आगलागीबाट पीडित परिवारलाई पनि राहत सामग्री सहयोग गर्ने कार्यक्रम रहेको कार्यक्रम निर्देशक बिष्टको भनाई छ ।
महिला विकास मञ्चको टोली गाउँमै पुगेर पुडीतहरुलाई सहानुभूति दिनुका साथै सहयोग स्वरुप राहत सामाग्री वितरण गरिएको बिष्टले बताउनुभयो । उक्त टोली संग गाउँमै सुदूरपश्चिम प्रदेश सरकाकी प्रदेश सभा सदस्य एवम् महिला विकास मञ्च बाजुराकी सस्थापक अध्यक्ष जुना दानीले पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
एक औपचारिक कार्यक्रमका बीच गरिएको राहत सामग्री वितरण कार्यक्रम खप्तड छेडेदह १ का वडा अध्यक्ष वीर बहादुर रावलको अध्यक्षतामा सुरु भएको थियो । कार्यक्रममा प्रमुख अथिती सुदूरपश्चिम प्रदेश सरकारकि प्रदेश सभा सदस्य एवम् महिला विकास मञ्च बाजुराकी सस्थापक अध्यक्ष जुना दानी रहनु भएको थियो । कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, कार्यक्रममा महिला विकास मञ्च बाजुराकी कार्यक्रम निर्देशक उजा बिष्ट लगायत अन्य पधातिकारी, समाजसेवी बुद्धिजीवी, राजनीति दलका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
राहत सामग्री वितरण संगै जनता संग भेटघाटको उदेश्य सहित भुकम्प प्रभावित क्षेत्रमा पुग्नुभएकी प्रदेश सभा सदस्य दानीले भुकम्प प्रभावितका समस्यालाई प्रदेश सरकार संग राख्ने र सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो। त्रीपालमा बस्दै आएका भुकम्प पिडीतहरुका घरहरू पुनर्निर्माणका लागी प्रदेश सभा सदस्यको हैसियतले प्रदेश र संघ सरकार संग समन्वय र सहकार्य गर्ने बताउनुभयो । राहत सामाग्री वितरण गर्न भुकम्प प्रभावित क्षेत्रमा पुगेको महिला विकास मञ्च बाजुराको टोलीले वडा न। १ र दुईका किशोरीहरु संग पनि छलफल गरेको छ । छलफलमा किशोरीहरुका समस्याहरु बुझेर टोली फर्किएको कार्यक्रम निर्देशक उजा बिष्टले बताउनुभयो ।
समाज रुपान्तरणमा उल्लेख कार्य गर्दै महिला विकास मञ्च :
२०६२ सालमा स्थापना भएको यस सस्थाले विभिन्न गैरसरकारी संघ सस्था संग समन्वय र सहकार्य गरेर स्थापना कालको १८ वर्षमा आइपुग्दा समाज रुपान्तरण र परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ । महिला तथा बालबालिकाको क्षेत्रमा बिशेष कार्य गर्दै आएको महिला विकास मञ्च बाजुराले महिला र बालबालिकाको अधिकार सुनिश्चित गर्न, विभिन्न संकट युक्त समयमा महिला बालबालिकाहरुलाई राहत तथा उद्धारका कार्य गर्दै आएको छ ।
सस्थाले यस अघि जिल्लाका स्वामिकार्तिक, हिमाली, गौमुल खप्तड छेदेदह,त्रीवेणी जगन्नाथ लगायतका भुकम्प बाट प्रभावित पालिकामा राहत सामाग्री वितरण गरेको थियो । यतिमात्र होईन जिल्लामा घटेका विभिन्न बाढी पहिलो, भुकम्प र आगलागी जस्ता बिपतजन्य घटनाहरुमा तत्काल राहत समेत वितरण गर्दै आएको छ ।
यसरी विभिन्न संकटका बेला सहयोग गर्दै आएको यस सस्थाले महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ । हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई पनि समय समयमा राहत सामाग्री वितरण गर्नुका साथै स्थापन कालदेखि हिंसाबाट कसरी सुरक्षीत रहेने भन्ने खालका जनचेतनामूलक कार्यक्रममा उनीहरुलाई सहभागी गर्दै सचेतनामुलक कार्यक्रम सञ्चाल गर्दै आइरहेको छ । यतिमात्र होईन महिला तथा बालबालिका संग सम्बन्धित सामाजिक समस्याको अन्त्यका लागि समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम समय समयमा सञ्चालन गर्दै आएको छ ।
समाज रुपान्तरण र परिवर्तनमा स्थापना कालदेखि महत्त्वपूर्ण योगदान पुर्याउदै आएको यस सस्थाले बालबिवाह, महिला हिंसा, बाल हिंसा, बाल दुर्ववहार, घरेलु हिंसा लैङ्गिक हिंसा, छुवाछूत छाउपडी पर्था लगायतका सामाजिक समस्याहरुको न्यूनीकरणका लागि समय समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समुदायलाई सुसुचित गराउदै आएको छ । महिला विकास मञ्च द्वारा सञ्चालित न्ष्चकि ाष्चकत ँगलम न्ँँ परियोजनाले बाजुराको खप्तड छेडेदह गाउँपालिकामा किशोरी सशक्तीकरण र बालबिवाह न्यूनीकरणका लागि विगत पाँच वर्ष देखि निरन्तर कार्य गर्दै आएको छ । जसका कारण पछिल्लो समयमा बालबिवाह न्यूनीकरणमा सहयोग पुगेको छ भने बाल बिवाह घट्दै गएको ।
यतिमात्र होईन त्यहाँका बालबालिकाको क्षेमता विकासमा पनि यो परिवजनाले महत्त्वपूर्ण योगदान पुर्याएको छ । सो गाउँपालिकाका प्रत्यक वडामा गाउँपालिका तथा वडा कार्यालय संगको समन्वय र सहकार्यमा उज्ज्वल भबिस्यका लागि जिवनउपयोगी सीप कक्षा सञ्चालन भैरहेका छन् । एक वडाका ४० जना किशोरीहरुले उक्त कक्षा लिदै आएका छन् ।
किशोरीहरुको सशक्तीकरण र बालबिबाह न्यूनीकरण संगै भविष्यमा आफैमा आत्मनिर्भर बनाउनु यो कक्षा सञ्चालनको प्रमुख उदेश्य रहेको महिला विकास मञ्च बाजुरा द्वारा सञ्चालित न्ँँ परियोजना कार्यक्रम निर्देशन कृष्णा दानीले बताउनुभयो । महिला विकास मञ्च बाजुरा द्वारा सञ्चालित टेवा नेपालले बाजुराका त्रीवेणी नगरपालिकाका महिलाहरुको क्षेमता विकास संगै महिलाहरुलाई व्यावसायिक बनाउन र नेतृत्व सीप विकासका कार्यक्रम सञ्चालन गरि महिलाहरूलाई व्यावसायिक बनाउन सफल भएको छ । व्यावसाय गर्नका लागि सहयोग समेत गरेको थियो ।





