युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ – नेपाली कांग्रेसले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले शनिबार विज्ञप्ति निकालेर भूकम्प प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभएको हो ।

कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न पनि आग्रह गरेको छ ।
यसैबिच गैर आवासीय नेपाली संघले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ राहत कोषमा उपलब्ध गराउने भएको छ । संघले विज्ञप्ति निकालेर पहिलो चरणमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जनाएको हो ।

शुक्रबार मध्यराती गएको भूकम्पमा परि जाजरकोटमा कम्तिमा ९२ र रुकुम पश्चिममा कम्तिमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सयौँ जना घाइते भएका छन् । क्षतिको थप विवरण संकलन भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल विहानै जाजरकोट पुग्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर