युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा –सदरमुकाम मार्तडीमा एकै दिन तीन पसलमा चारी भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार संगै जोडिएको एउटै घरका तीन पसलमा चोरी भएको हो । कमला रावल, चीन कटुवाल र विशाल ओलीको पसलमा चोरी भएको बताइएको छ ।

बिहिबार बेलुका मात्रै राष्ट्रिय बाणिज्य बैंक नजिकै आसपासका तीन वटा पसलमा चोरी भएको प्रहरीले जनाएको छ। ल्यापटप नगद १० हजार, अन्य पसलमा भएका सामाग्री चोरी भएको प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभएको छ । चोरीमा संलग्न दुई जना सन्कासपद व्यक्तिको खोजी कार्य जारी रहेको पनि प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।
जिल्ला सदरमुकाम मार्तडीमा दिन प्रतिदिन चोरीका घटना बढ्दै गएका छन् । मार्तडी बजार भित्रका बजार बासीका घर तथा पसलहरुमा चोरीका घटनाहरु बढिरहेको बजार बासिले गुनासो गरेका छन् ।

दिनप्रतिदिन चोरीका घटना बढ्दै गएको भएपनि प्रहरीले सक्रियता नबढाएको व्यापक जनगुनासो छ । जिल्ला प्रहरी कार्यालय आसपासकै क्षेत्रमा यसरी चोरी हुँदा पनि प्रहरी के हेरेर बसिरहेको छ भनेर बजार बासिले प्रश्न गरिरहेका छन् । शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप समेत प्रहरी माथि बजारबासिले लगाउदै आएका छन् । यतिमात्र होइन राती अबेर सम्म केही केटाहरुको बजारमा होड्ने, होहल्ला गर्ने लगायतका गतिविधि बढिरहेकाले अपराधीक गतिविधि बढ्ने भन्दै बजार बासिहरु चिन्तित छन् ।

यता जिल्ला प्रहरी कार्यालय बाजुरा श्रोतले भने बजार बासिले प्रहरी माथि लगाएको आरोप सत्य नभएको बताएको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आर्थिक वर्ष २०७७र७८ मा चोरी सम्बन्धि विभिन्न प्रकृतिका ६ वटा मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । यस्तै आर्थिक वर्ष २०७रर७९ मा २ वटा छन् भने आर्थिक वर्ष २०७९र८० भने एउटा पनि चोरीको मुद्धा दर्ता भएको छैन । चालू आर्थिक वर्षमा एक मात्रै चोरीको घटना भएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । प्रहरी बाजुरा जिल्ला भरका जनतालाई शान्ति सुरक्षा दिनका लागि दिन रात नभनी खटिरहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर