बाजुरा- बाजुरामा कर्णाली नदिमा बेपत्ता भएका १३ बर्षिय बालक अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बेपत्ता हुनेमा जगन्नाथ गाउँपालिका–४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारी प्रहरीले तिरन्तर त खानेजिरहेको भएपनि नभेटिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले दिएको जानकारी अनुसारमङ्गलबार दिउँसो करिब १२ बजे उनी बेपत्ता भएका थिए। सोही ठाँउ स्थित कर्णाली नदीमा नुहाउने क्रममा सुबिन्द्र बगेर बेपत्ता भएका प्रहरी निरीक्षक भण्डारीको भनाई छ ।
सुविन्द्र बेपत्ता भएको भन्ने खबर प्राप्त पछी प्रहरी चौकी जुड्डीबाट खटिएको प्रहरीको टोलीले उक्त नदिमा घटना भएको दिन देखी उनको खोजतलास गरिरहेको भएपनि नभेटिएको घटनास्थलतर्फ खटिएको प्रहरी टोलिको भनाईलाई उदृद गर्दै प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो । उनको खोजी कार्य भने अझै जारी रहेको उहाँले बताउनुभयो ।





