युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा –खप्तड छेडेदह गाउँपालिकाको दशरथ माविको खेलमैदानमा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको लिग चरणका खेलहरू आजबाट सकिएका छन् ।

आज चौथो दिनसम्म संचालन भएका लिग चरणका खेलहरू मध्येबाट ८ वटा टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

जसमा त्रिवेणी नगरपालिका, घह् युनाइटेड, विएसवाईसि, रानिवन, स्पोर्टस्, आयोजक, कन्सन, टिम बडालेख र गौमुल स्पोर्टस् क्लव क्वाटरफाइनलमा प्रवेश गरेको आयोजक छेडेदह स्पोर्टस् क्लवले बताएको छ ।

त्यस्तै ५ वटा टिमहरू बडीमालिका(९, केपि वा स्पोर्टस् क्लव, सारदा मावि, विएचसिसि र विएसएससिसि क्लव खेलबाट बाहिरिएका छन् ।

भोलि हुने क्वाटरफाइनलको पहिलो खेल त्रिवेणी नगरपालिका र घह् युनाईटेड विच हुने भएको छ । त्यस्तै दोस्रो खेल रानिवन र विएसवाईसि, तेस्रो खेल आयोजक र गौमुल र चौथो खेल कन्सन बाजुरा र टिम बडालेखविच खेलाईने छेडेदह स्पोर्टस् क्लवका खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।

उनका अनुसार भोलि क्वाटरफाइनलका खेलहरू हुने र १६ गते सेमिफाइनलका खेलहरू हुनेछन् भने १७ गते फाईनल खेलसंगै सम्पन्न हुने भएको छ ।

प्रतियोगिता एन्फाका रेफ्रीहरु खुम ओली, विनोद नेपाली, कृष्ण थापा र प्रविन भण्डारीले खेलाईरहेका छन् । सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ ।

यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ यो द्वितिय पुरस्कार भने राष्ट्रिय युवा स‌घ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने यस अघि नै घोषणा गरिसकेका छन् ।

यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने आयोजकले बताएको छ ।

विजया दशमी तथा शुभदिपावलीको अवसरमा दशैं र तिहारको विचमा प्रत्येक वर्ष क्षेडेदह स्पोट्र्स क्लवले प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।

खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता ११ कार्तिकबाट संचालन भईरहेको छ ।

सुदूरपश्चिम प्रदेशका सांसद जुना दानीले उद्घाटन गरेको प्रतियोगिताको समापन सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर